सिजीले ल्यायो बिएलडिसि सिलिङ फ्यान


सेतोखरी सेतोखरी   सोमबार, वैशाख १७, २०८१
सिजीले ल्यायो बिएलडिसि सिलिङ फ्यान

नेपालगन्ज १७ वैशाख : नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मीयामलाई मध्यनजर गर्दै बिएलडिसि सिलिङ फ्यान पहिलो पटक नेपाली बजारमा ल्याएको छ ।

‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रविधि यस फ्यानमा रहेको कम्पनीले दावी गरेको छ । 

उक्त सिलिङ्ग फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसि टेक्नेलोजी रहेको छ, साथै रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ । 

नेपालमा त्यही पनि तराई जस्तो ठाउँमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी आउने गर्दछ । यस्तो अवस्थामा फ्यान पनि सोहि अनुसार धुम्ने गर्दछ । यहि अवस्थालाई मध्यनजर गरी यो सिलिङ्ग फ्यान ल्याइएको हो । यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्ने उच्च प्रविधिको फ्यान रहेको छ । 

Kanti Aarogya Hospital Nepalgunj

रिमोटको सुबिधायुक्त यो सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।  नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आईरहेको छ ।