‘हिट वेभ’बाट जोगाउन घरघरमा स्वयंसेवक


सेतोखरी सेतोखरी   बुधबार, वैशाख १९, २०८१
‘हिट वेभ’बाट जोगाउन घरघरमा स्वयंसेवक

नेपालगन्ज १९ वैशाख : नेपालगञ्ज उपमहानगरपालिकामा सर्वसाधारणलाई तातो हावाबाट जोगाउन घरघरमा स्वयंसेवक खटाइको छ ।

उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा तातो हावाको उच्च जोखिम रहेको देखिएकाले घरघरमा पुगेर सचेतना फैलाउन स्वयंसेवक खटाइएको रेडक्रस सोसाइटी बाँकेले जनाएको छ । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ मा स्वयमसेविका पुनम सोनीका साथमा स्थानीय दुई किशोरी सन्ध्या शाही र रोजिना बुढाथोकीलाई स्वयंसेवक खटाइएकोछ । उनीहरुले हातमा पर्चापम्पलेट लिएर जोखिममा रहेका घरपरिवारको घरदैलोमा भटी अत्यधिक गर्मी र लु बाट बच्न उपाय सिकाउने गरेकाछन् । 

Heat_wave_npj_3-1714565928.jpg
उनीहरुले रेडक्रसबाट प्रदान गरिएको जनचेतनामुलक पर्चापम्पलेट लिई घरधुरी सर्वेक्षण फारम समेत भरिरहेकाछन् । घरदैलोका क्रममा उनीहरुले अत्यधिक गर्मी र लुबाट कसरी जोगिने, कस्ता खानेकुरा खाने, स्वास्थ्य स्याहार कसरी गर्ने, जोखिमका बेला कहाँ सम्र्पक गर्ने लगायतका विषयमा जानकारी दिइरहेकाछन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवद्र्धन सिंह सम्झनाका अनुसार टिनको छाना भएको घर, दीर्घ स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालगायत अत्यधिक गर्मी र लुबाट बच्ने उपाय सिकाउन स्वयंसेवक खटाइएको जानकारी दिए । केही दिनअघि मात्र स्वयसेवकलाई प्रशिक्षण दिई घरदैलोका लागि खटाइएको हो ।

अमेरिकन रेडक्रस, नेपालगन्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको संयुक्त साझेदारीमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावाको लहर प्रतिकार्य कार्यक्रम सञ्चालन भइरहेको छ ।

Heat_wave_npj-1-1714565897.jpg