काठमाडौं– गाईजात्राका अवसरमा समलिङ्गीहरूले परेड निकालेका छन् । एक वर्षयता मृत्यु भएका समलिङ्गीहरूको सम्झना गर्दै उनीहरूले काठमाण्डौंमा परेड निकालेका हुन् ।
ठमेलबाट निस्किएको उक्त परेड टुडिखेलमा गएर अन्त्य भएको थियो । एक वर्ष यता दिंवगत भएका साथीहरुको सम्झनामा उनीहरुको आत्माको चीर शान्तिका लागि भन्दै हरेक वर्ष यस्तो परेड निकालिने गरिन्छ ।
समाजबाट उपेक्षित भएपनि ज्यान गुमाए समलिंगी साथीहरुको सम्मान तथा सम्झनामा निकालिने परेडमा उनीहरुको आत्माको चीर शान्तिको कामना गन्छि ।
समाजका कारण वर्षभरी आफ्नो वास्तविक पहिचान लुकाउने समलिंगीहरुले यो दिनलाई आफ्नो पहिचान खुलाउने दिनका रुपमा लिने गर्दछन् ।