उपमहानगरपालिका बोर्डिङ स्कुलको मनपरी रोक्न असफल, शिक्षा शाखामा लगाइयो ताल्चा


सेतोखरी सेतोखरी   सोमबार, वैशाख ३१, २०८१
उपमहानगरपालिका बोर्डिङ स्कुलको मनपरी रोक्न असफल, शिक्षा शाखामा लगाइयो ताल्चा

नेपालगन्ज ३१ वैशाखः नेपालगन्ज उपमहानगरपालिका भित्रका बोर्डिङ स्कुल (संस्थागत विद्यालय)मा भइरहेको लुटतन्त्र नियन्त्रण गर्न असफल भएको भन्दै शिक्षा शाखामा तालाबन्दी गरिएकोछ । 

यो पनि पढ्नुहोस्  विद्यार्थीको पोशाकमा कमिसन : रुपैडिहा किन्न पठाउँदै बोर्डिङ स्कुल नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेले नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको हो । 

यो पनि पढ्नुहोस् आफ्नै ‘मापदण्ड’ लत्याउँदै उपमहानगरपालिका, मनपरी शुल्क उठाउने स्कुललाई कारबाही भएन

नेपालगन्ज उपमहानगर क्षेत्रका संस्थागत विद्यालय (बोर्डिङ स्कुल) मा भइरहेको लुटतन्त्र नियन्त्रण गर्न असफल भएको भन्दै अनेरास्ववियुले ताला लगाएको बताइएकोछ । 

Kanti Aarogya Hospital Nepalgunj

Nepalgunj_boarding_school_fee_asuli-1714471818.jpg
 

अभिभावकको ढाँड सेक्ने गरी निजी शिक्षा क्षेत्रमा भइरहेको मनपरी रोक्न उपमहानगरपालिका असफल भएको अनेरास्ववियुको ठहर छ । विभिन्न ५ बुँदे मागसहित अनेरास्ववियुले यसअघि पनि एक हप्ते अल्टिमेटम दिएर ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझाएको १० दिन बितिसक्दा पनि उपमहानगरपालिकाको शिक्षा शाखाले बेवास्ता गरेको भन्दै तालाबन्दी गर्न बाध्य भएको अनेरास्ववियु बाँकेले जनाएकोछ ।

यो पनि पढ्नुहोस् नेपालगन्जका बोर्डिङ स्कुलले मनपरी रुपमा शुल्क उठाउँदै, उपमहानगरपालिका मौन

शिक्षा शाखाले आफ्ना मागप्रति कुनै चासो नदेखाएकाले कार्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश बिकले जानकारी दिए । शिक्षा शाखाले शैक्षिक दलालहरुको पक्षपोषण गर्ने काम गरेको उनको आरोप छ । अनेरास्ववियुले शाखाको मुल ढोकामा आफ्नो मागसहितको पत्र टाँस्दै तालाबन्दी गरेको छ ।

यो पनि पढ्नुहोस् नेपालगन्जमा बोर्डिङ स्कुलद्वारा मनपरी शुल्क असुल्ने काम रोकिएन, समितिकै सदस्य संलग्न

उपमहानगरपालिकाको शिक्षा शाखाबाट अनावश्यक शुल्क लिने विद्यालयलाई कारबाही, मापदण्ड पुरा नभएका विद्यालयको ग्रेड अभिवृद्धि खारेजी, विपन्न बिद्यार्थीलाई १० प्रतिशत छात्रवृत्तिको व्यवस्था, उपमहानगरपालिकाको शिक्षा निर्देशिका अनुरूप नचल्ने विद्यालयलाई कारबाही नगर्दासम्म अनेरास्ववियुले अनिश्चितकालका लागि तालाबन्दी गरेको जनाएको छ । मागप्रति अझै बेवास्ता गरेमा आन्दोलनका थप कार्यक्रम ल्याउने चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस् नेपालगन्जका विद्यालयहरुको वर्गीकरणसंगै तोकियो शुल्क