कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो


सेतोखरी सेतोखरी   सोमबार, वैशाख ३१, २०८१
कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो

नेपालगन्ज ३१ वैशाख : नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिँदै जाँदा महासंघभित्रको सबैभन्दा ठूलो संगठन नेपाल प्रेस यूनियनभित्र भाँडभैलो मच्चिएको छ ।

प्रेस युनियन भित्र महासंघको नेतृत्वदेखि पदाधिकारीसम्म थुप्रै आकांक्षी रहेका छन् । तर, कान्तिपुर मिडिया ग्रुप दक्षिणी शक्ति लैनचौरले राजेश मिश्रलाई महासचिव बनाएर सर्वसम्मत गठबन्धन गर्ने रणनीति बनाएपछि युनियनमा विवाद सुरु भएको हो । मिश्रलाई महासचिव बनाउन कान्तिपुर र दक्षिणी शक्ति दुबै एक साथ ‘मुभ’हुँदै युनियनमाथि दवाव बढाएको स्रोतको भनाइ रहेको छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

मिश्र कान्तिपुरका दिल्ली संवाददाता हुन् । महासंघका पूर्व कोषाध्यक्ष समेत रहेका उनलाई कान्तिपुरभित्र अध्यक्ष कैलाश सिरोहियाका खास मान्छेको रुपमा चिन्ने गरिन्छ । व्यवस्थापनले मिश्रलाई महासचिव बनाउन पहल सुरु गरे पनि त्यहाँ कार्यरत पत्रकारहरु भने असन्तुष्ट छन् । सिरोहियाको योजनामा मिश्र महासचिव बनेमा कान्तिपुरमा श्रम समस्या झन् जटिल बन्ने कान्तिपुरमै कार्यरत एक पत्रकारले बताए ।

महासंघले कान्तिपुरमा चरणबद्ध श्रम आन्दोलन अघि बढाएपछि अप्ठेरोमा परेको कान्तिपुरले आपूm अनुकूलका पदाधिकारी ल्याउन कसरत थालेको छ । नेपाल पत्रकार मसहांघको निर्वाचन आगामी जेठ २६ गते हुँदैछ ।