भेरी अस्पतालको मेसु बने डाक्टर राजन पाण्डे


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १, २०८१
भेरी अस्पतालको मेसु बने डाक्टर राजन पाण्डे

नेपालगन्ज १ जेष्ठ : पश्चिम नेपालकै रिफरल हस्पिटलका रुपमा रहेको भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर राजन पाण्डे नियुक्त भएकाछन् । 

सरकारले भेरी अस्पताल नेपालगन्जको मेसुमा अस्पतालमा कार्यरत ११ औं तहका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन बिभाग प्रमुख रहँदै आएका डाक्टर राजन पाण्डेलाई नियुक्त गरेको हो ।
संघीय सरकारको मन्त्रीस्तरीय निर्णयबाट डाक्टर पाण्डेलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै किनोट स्पिकरको रूपमा हाल जर्मनीको राजधानी बर्लिनमा रहेका डाक्टर पाण्डेलाई हिजो(मङ्गलबार)को निर्णयबाट मेसुमा नियक्ति गरिएको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको २०८१ बैशाख ३० गतेको निर्णय अनुसार अर्को ब्यवस्था नभएसम्म अस्पतालको प्रशासनिक तथा आर्थिक अधिकार सहित प्रमुख मेसुको जिम्मेवारी तोकिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

चिकित्सा क्षेत्रमा लोकप्रिय मानिएका डाक्टर पाण्डेले भेरी अस्पतालमा पहिलो पटक ब्यबस्थापकीय जिम्मेवारी पाएका हुन् । यसअघि ११ औं तहका डाक्टर पवनजंग रायमाझीले भेरी अस्पतालको मेसुको जिम्मेवारी सम्हालेका थिए ।