सन्दीपको भाग्य फैसला आज, कि खेलमा कि जेलमा !


सेतोखरी सेतोखरी   बुधबार, जेठ २, २०८१
सन्दीपको भाग्य फैसला आज, कि खेलमा कि जेलमा !

नेपालगन्ज २ जेठ : उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दाको आज बुधबार सुनुवाइ हुने भएको छ ।

मुद्दामा हिजो (मङ्गलबार) दिनभरि बहस भएको थियो । दुवैतर्फका वकिलहरूको बोल्ने क्रम नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासले आज सुनवाइलाई निरन्तरता दिदैंछ ।

उच्च अदालतमा विचाराधीन क्रिकेटर लामिछानेको मुद्दा छिनोफानो हुने अन्तिम विन्दुमा पुगेको छ । कुनै ठुलो फेरबदल नभए न्यायाधीशले आजै फैसला सुनाउनेछन् ।

सन्दीपको तर्फबाट दुईजना र गौशला २६ को तर्फबाट ४ जनाले आज बहस गर्नेछन् । त्यसपछि दुवैतर्फबाट जवाफी बहस पनि हुनेछ । त्यसपछि न्यायाधीशद्वय शुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालले फैसला सुनाउनेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यो मुद्दाको फैसला सन्दीपकालागि भाग्य फैसलाकै रूपमा हेरिएकोछ । निर्दोष सावित भएमा उनी तत्काल क्रिकेटमा फर्कन सक्नेछन् र टी २० विश्वकप खेल्ने ढोकासमेत खुल्नेछ । अन्यथा उनको करियर नै जोखिममा पर्नेछ । उनी सजाय काट्न जेल चलान हुनुपर्नेछ ।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।

सन्दीपका फ्यानहरुले न्यायलयबाट सन्दीपले न्याय पाउनेमा ढुक्क छन् । उनीहरुले निर्दोष रहेका सन्दीपलाई फसाइएको भन्दै सडकबाटै ठूलो समुह सन्दीपलाई रिहा गर्नुपर्ने माग रहेकोछ । तर, न्यायलयमा पुगेको विषयको अन्तिम छिनोफानो नहुँदासम्म केही भन्न सकिदैन ।