कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार


सेतोखरी सेतोखरी   बुधबार, जेठ २, २०८१
कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार

सांकेतिक तस्विर

नेपालगन्ज २ जेठ : भारतको कश्मिर पु¥याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ ।

सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरेर नेपाल फर्काउने काम भइरहेको छ ।

बन्धक बनाउने काममा संलग्न दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । मुख्तकिम आलम र मो. साजाद पक्राउ परेका हुन् ।

मंगलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको छ । कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको दूतावासले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

उनीहरूलाई करिब ३ महिनादेखि बन्धक बनाएको थियो । कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिकसमेत नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ ।