नेपालगन्जका बोर्डिङ स्कुलको ‘ब्रम्हलुट’, अभिभावक आतंकित 


सेतोखरी सेतोखरी   बिहीबार, जेठ ३, २०८१
नेपालगन्जका बोर्डिङ स्कुलको ‘ब्रम्हलुट’, अभिभावक आतंकित 

नेपालगन्ज ३ जेठ : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका बोर्डिङ स्कुल (संस्थागत बिद्यालय) ले नियम विपरित अझैंपनि ‘मनपरी शुल्क असुलेको पाइएको छ । स्कुलको मनपरी शुल्क असुलीले अभिभावकहरु आतंकित बनेका छन् ।

संस्थागत बिद्यालयलाई नियमन र कारबाही गर्ने अधिकार पाएको नेपालगन्ज उपमहानगरपालिका मुखदर्शक हुँदा स्कुलले खुलेआम ‘ब्रम्हलुट’ मच्चाएका हुन् । 

यो पनि पढ्नुहोस् नेपालगन्जका बोर्डिङ स्कुलले मनपरी रुपमा शुल्क उठाउँदै, उपमहानगरपालिका मौन

नेपालगन्जका बोर्डिङ स्कुलको ब्रम्हलुटका विषयमा पटक–पटक समाचार सार्वजनिक गर्दा समेत उपमहानगरपालिकाले ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका–२०८० लाई कार्यान्वयन नै गर्न सकेको छैन ।

Kanti Aarogya Hospital Nepalgunj

Nepalgunj_boarding_school_fee_asuli-1714471818.jpg
यो पनि पढ्नुहोस् आफ्नै ‘मापदण्ड’ लत्याउँदै उपमहानगरपालिका, मनपरी शुल्क उठाउने स्कुललाई कारबाही भएन

स्कुलले मापदण्ड बाहेकको शिर्षकबाट समेत शुल्क असुल्ने गरेको पीडित अभिभावकले बताएका छन् । नेपालगन्जको ब्राइटल्याण्ड स्कुलले डायरी शुल्क वापत अभिभावकसँग नियम विपरित रकम असुलेको तथ्य बाहिर आएको छ । 

यो पनि पढ्नुहोस्  विद्यार्थीको पोशाकमा कमिसन : रुपैडिहा किन्न पठाउँदै बोर्डिङ स्कुल

‘उपमहानगरपालिकाले बनाएको मापदण्ड नै अभिभावकको ढाँड सेक्ने खालको छ, उपमहानगरपालिका मुखदर्शक बन्दा स्कुलले मापदण्ड बाहेकको शिर्षकबाट पनि मनपरी रुपले शुल्क असुलेका छन्,’ अभिभावक भन्छन् । केही स्कुलले उपमहानगरपालिकाको मापदण्डलाई लत्याइदिएको अभिभावक बताउँछन् ।

यो पनि पढ्नुहोस् नेपालगन्जमा बोर्डिङ स्कुलद्वारा मनपरी शुल्क असुल्ने काम रोकिएन, समितिकै सदस्य संलग्न

निर्देशिकामा विद्यार्थी पहिलो पटक भर्ना हुँदा भर्ना शुल्क एक महिनाको मासिक शुल्क बराबर लिन पाइने भनिएको छ । यस्तै विद्यालयले मासिक पढाई शुल्क, कुल २ महिना बराबर नबढ्ने गरी वार्षिक शुल्क–अतिरिक्त, प्रयोगशाला मर्मत, पुस्तकालय र प्राथमिक उपचार शुल्क लिन पाउने भनिएको छ ।

यो पनि पढ्नुहोस् नेपालगन्जका विद्यालयहरुको वर्गीकरणसंगै तोकियो शुल्क

यसैगरी अनुसूचिकै विविधमा कम्प्युटर, स्थानान्तरण प्रमाणपत्र, आवाश शुल्क, परिवहन, भोजन, विशेष प्रशिक्षण (जुडो, पौडी, गायन, नृत्य) र धरौटी वापत एक महिनाको मासिक शुल्क बराबर लिन पाउने ब्यवस्था गरिएको छ । यि शुल्क लिन पाउने गरी उपमहानगरपालिकाले बनाएको मापदण्ड नै बोर्डिङ स्कुलको पक्षमा रहेको अभिभावकको गुनासो छ ।

उपमहानगरपालिका बोर्डिङ स्कुलको मनपरी रोक्न असफल, शिक्षा शाखामा लगाइयो ताल्चा