१० महिनामै उच्च अदालतमा १४ सय बढी मुद्दा फछ्र्यौट


सेतोखरी सेतोखरी   शनिबार, जेठ ५, २०८१
१० महिनामै उच्च अदालतमा १४ सय बढी मुद्दा फछ्र्यौट

नेपालगन्ज ५ जेठः उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष २०८०÷०८१ को साउन महिनादेखि बैशाख मसान्तसम्म एक हजार ४ सय २१ वटा मुद्दा फछ्र्यौट गरेको छ । उक्त अवधिभित्र अदालतले एक हजार ४ सय ४६ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेको थियो ।

अदालतले साउन महिनामा ६८, भदौमा एक सय १४, असोजमा ७२, कात्तिकमा ३३, मंसिरमा ८४, पुसमा १ सय ३, माघमा २ सय ३९, फागुनमा २ सय ८९, चैतमा २ सय २२ र बैशाखमा १ सय ९७ मुद्दा फछ्र्यौट भएको रजिस्ट्रार सरोजनिधि वाग्लेले जानकारी दिएका छन् । अदालतले वार्षिक रुपमा १ हजार ८ सय ३२ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा हालसम्म ९८.२७ प्रतिशत प्रगति भएको उनले बताए । अदालतमा सबैभन्दा बढी रिट निवेदन ३ सय ७८ वटा दर्ता भएकोमा २ सय ८० वटा फछ्र्यौट भएका छन् ।

यस्तै लागु औषध सम्बन्धी २ सय ५१ वटा मुद्दा दर्ता भएकोमा १ सय ४५ वटा फछ्र्यौट भएका छन । अंश सम्बन्धी १ सय ७५ वटा मुद्दा दर्ता भएकोमा ७९ वटा मुद्दा फछ्र्यौट भएको रजिस्ट्रार वाग्लेले जानकारी दिए । यसैगरी करणी सम्बन्धी १ सय ५४ वटा मुद्दा दर्ता भएकोमा ८८ वटा फछ्र्यौट भएका छन । चोरी सम्बन्धी १ सय ८ वटा मुद्दा दर्ता भएकोमा ५५ वटा फछ्र्यौट भएका छन ।

कर्तव्य ज्यान सम्बन्धी ९५ वटा दर्ता भएकोमा ६६ वटा फछ्र्यौट भएका छन । ज्यान मार्ने उद्योग अन्तर्गत ६७ वटा दर्ता भएकोमा ४१ वटा मुद्दा फछ्र्यौट भएका छन । सम्बन्ध विच्छेद सम्बन्धी ४७ वटा दर्ता भएकोमा २७ वटा मुद्दा फछ्र्यौट भएका छन । त्यस्तै अन्य १ हजार २ सय २४ वटा मुद्दा दर्ता भएकोमा ५ सय ४० वटा मुद्दा फछ्र्यौट भएको रजिस्ट्रार वाग्लेले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

पत्रकार सम्मेलनमा अदालतका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले वार्षिक लक्ष्य अनुसार अदालतले मुद्दा फछ्र्यौट गरेको बताए । अदालतमा धेरै कुरा आफूहरूले सुधार ल्याएको उनले सुनाए । अदालतमा डिसिएम पद्धति लागु भएपछि काममा धेरै सहजता आएको मुख्य न्यायाधीश सारुले बताए ।