अमेरिकाले सन्दीपलाई भिसा दिएन


सेतोखरी सेतोखरी   बुधबार, जेठ ९, २०८१
अमेरिकाले सन्दीपलाई भिसा दिएन

नेपालगन्ज ९ जेठ : अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।

बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो । 

‘नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही ग¥यो’, लामिछानेले फेसबुकमा भनेका छन्, ‘दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’

यो पनि पढ्नुहोस् बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

Kanti Aarogya Hospital Nepalgunj

क्यानका सदस्य दुर्गा पाठकले पनि सन्दीपको भिसा जारी नभएको  खबर प्राप्त भएको जानकारी दिए । उनले भने, ‘सन्दीप आजै अमेरिका जाने तयारी थियो । हामी यसबारेमा थप पहल गर्छौँ ।’ 

यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि अमेरिकाले यसअघिको सबै भिसा रद्द गरेकाले उनले भिसाका लागि नयाँ आवेदन दिनु परेको थियो ।

यो पनि पढ्नुहोस् सन्दीपको भाग्य फैसला आज, कि खेलमा कि जेलमा !