बाँकेका पत्रकारहरुबीच सुरु भयो चुनावी सरगर्मी, आगामी जेठ २६ गते नयाँ नेतृत्व चयन गरिदैँ


सेतोखरी सेतोखरी   बिहीबार, जेठ १०, २०८१
बाँकेका पत्रकारहरुबीच सुरु भयो चुनावी सरगर्मी, आगामी जेठ २६ गते नयाँ नेतृत्व चयन गरिदैँ

नेपालगन्ज १० जेठ : नेपाल पत्रकार महासंघ बाँके शाखाको ३ वर्षे कार्यकालका लागि चुनावी सरगर्मी सुरु भएको छ । महासंघको बाँके शाखाले केन्द्रको निर्धारित कार्यक्रम अनुसार अधिवेशन र निर्वाचनको तयारी थालेसँगै चुनावी सरगर्मी सुरु भएको हो ।

नेपाल पत्रकार महासंघ, बाँके शाखाले जेठ २६ गते हुने निर्वाचनका लागि निर्वाचन समिति र १९ गते हुने साधारणसभामा वितरण गरिने पुरस्कार छनोटका लागि छुट्टा–छुट्टै समिति गठन गरेको छ ।

शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पत्रकार शरण कर्माचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने निर्वाचन अधिकृतमा अधिवक्ता केशव कोइराला र पत्रकार दीपेन्द्र धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

महासंघको १४ औं सभाधारण सभामा वितरण गरिने विभिन्न पुरस्कारको छनोटका लागि पत्रकार एवम महासंघ बाँकेका पूर्वअध्यक्ष समेत रहेका रुद्र सुवेदीलाई छनोट समितिको संयोजक बनाइएको छ । छनोट समितिको सदस्यमा डक्ट धिताल र नविन गिरी रहेका छन् । धिताल प्रेस सेन्टर र गिरी युनियनकर्मी हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

महासंघ बाँकेका सचिव कमल डाँगीका अनुसार, शाखाको अधिवेशन एवं १४ औं साधारण सभा जेठ १९ गते गरिदैँछ । त्यसका लागि अध्यक्ष भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।