मिस्टर एण्ड मिस एसइईको अडिसनबाट १९ जना छनोट


सेतोखरी सेतोखरी   आइतबार, जेठ १३, २०८१
मिस्टर एण्ड मिस एसइईको अडिसनबाट १९ जना छनोट

नेपालगन्ज १३ जेठ : नेपालगन्जमा हुन लागेको मिस्टर एण्ड मिस एसइईको अडिसनबाट १९ जना छनोट भएका छन् । नेपालगन्जमा भएको अडिसनमा प्रतियोगिताका लागि उल्लेखनीय सहभागीता रहेको थियो ।
पिके इभेन्ट्स प्रालीको आयोजनामा मिष्टर एण्ड मिस एसइई तेस्रो संस्करण शनिबारदेखि शुरु भएको हो ।

इभेन्ट्सलाई ब्राण्डीङ गर्दै लैजाने योजनाका साथ तेस्रो संस्करणको अडिसनका लागि ४२ जनाले सहभागिता जनाएको प्रालिका अध्यक्ष प्रकाश कुँवरले जानकारी दिए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

यो प्रतिस्पर्धामा भर्खरै यस वर्ष एसइई दिएको विद्यार्थीहरुले सहभागिता जनाउन पाउँछन् । नेपालगन्जमा हुनेगरेका ब्युटी पेजेन्ट कार्यक्रमहरु मध्य पिके इभेन्ट्सले गर्ने कार्यक्रम बिस्वनीय र गुणस्तरीय हुने गरेकाले पनि सहभागीको अभिभावकहरुले समेत कार्यक्रममा चासो देखाएको पाइन्छ । कौशल सिटी मार्टको मुख्य प्रायोजनमा र होलिल्याण्ड माविको एजुकेशन पार्टनरमा रहेको तेस्रो संस्करणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको विजेता सेन्जल पौडेलले गरिरहेकाछन् ।

प्रतिस्पर्धाको दौरान सहभागिहरुलाई वाकिङ, फोटो सुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिइनेछ । विजेताले छात्रवृत्ति र आयोजक पिके इभेन्ट्सको ब्राण्ड एम्बेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछ ।
यसैगरी अन्य विभिन्न विधाका विजेतालाई आर्कषक पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।