नेपालगन्ज १३ जेठ : प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकोछ । कृष्ण सेन ईच्छुकको स्मृती दिवसको अवसरमा अईतबार नेपालगन्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
भेरी अस्पतालमा रहेको क्षेत्रिय रक्त सञ्चार केन्द्रमा भएको रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका २६ जनाले रक्तदान गरेको प्रेस सेन्टर बाँकेका अध्यष राजेश आचार्यले जानकारी दिए ।
रक्तदानका कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै विभिन्न वक्ताहरुले कृष सेन इच्छुकको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा सहभागी अतिथिहरुले ईच्छुकले नेपालमा भएका परिर्वतनकारी आन्दोलमा ठूलो त्याग र बलिदान गरी महत्वपूर्ण भूमिका खेलको उल्लेख गरेका थिए ।
प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खानले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको प्रशंसा गर्दै सेनको जीवनीबाट सबैले पाठ सिक्नु पर्ने धारणा राखे । कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकालले नेपाली पत्रकारिता क्षेत्रमा कृष्ण सेन इच्छुकको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।
प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष राजेश आचार्यको अध्यक्षतमा भएको कार्यक्रममा विभिन्न संघसंस्था तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । देशब्यापी रुपमा कृष्ण सेन इच्छुकको स्मृती दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । जसअन्र्तगत बाँकेका रक्तदान कार्यक्रम गरिएको हो ।
तत्कालिन शाही सरकारले २०५९ साल जेठ ६ गते गिरफतार गरि पत्रकार सेनको ७ दिनपछि जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर हत्या गरिएको थियो । सोही दिनको स्मृतीमा हरेक वर्ष जेठ १३ गते कृष्ण सेन ईच्छुकको स्मृती दिवस मनाइदै आएकोछ ।