नेपालगन्ज १४ जेठ : बाँकेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आईतबार दिउँसो परेको चट्याङमा एक महिलाको ज्यान गएको बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले आईतबार दिउँसो परेको चट्याङ लागेर राप्तीसोनारी–८ की पुतला खत्रीको ज्यान गएको जानकारी दिए ।
डिएसपी डाँगीका अनुसार राप्तीसोनारी–८ स्थित घण्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएकी ४० वर्षीया खत्रीको दिउँसो परेको चट्याङमा परी घटनास्थलमै ज्यान गएको हो । उनीसँगै बाख्रा चराउन गएका अन्य दुई जना महिला पनि सामान्य घाइते भएको उनले बताए । चट्याङ लागेर तीन वटा बाख्रा पनि मरेको उनले जानकारी दिए ।
जानौं चट्याङबाट कसरी बच्ने ?
प्रत्येक वर्ष हाम्रो देशमा चट्याङ लागेर धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रायजसो न्यानो महिनाहरुमा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । चट्याङको बारेमा हामीले धेरै मिथकहरु सुन्दै आएका छौं । जस्तैः चट्याङ सधैं सबैभन्दा अग्लो वस्तुमा पर्छ वा चट्याङ कहिल्यै पनि एकै ठाउ“मा दोहो¥याएर पर्दैन । तर, यी दुवै कुराहरु सत्य होइनन् ।
बिजुली चम्कि“दा त्यसले आकाशबाट शक्तिशाली विद्युतीय तरङ्ग पृथ्वीमा प्रवाह हुन्छ त्यसैलाई चट्याङ परेको भनिन्छ । मौसमको यस नाटकीय घटनाको बारेमा थाहापाइराख्नुपर्ने केही जानकारीहरु हामीले दिन गइरहेका छौं ।
यो कति खतरनाक छ ?
चट्याङ लागेर मानिसको मृत्यु समेत हुन सक्छ । चट्याङ पर्दा २० हजारदेखि ३० हजार एम्पियर इलेक्ट्रिकल करेन्ट उत्पन्न हुन्छ । यो तपाईले वासिङमेसिन प्रयोग गर्दा आवश्यक पर्ने विद्युत भन्दा २३ सय गुणाले बढी हो ।
चट्याङ तीस हजार सेल्सियस भन्दा धेरै तापक्रममा पुग्छ जसको अर्थ यो सूर्यको सतहभन्दा पनि तातो हुन्छ । र, चट्याङ प्रतिसेकेण्ड ७५ माइल हावामा फैलन सक्छ ।
यसको जोखिममा धेरै घर बाहिर हुने मानिसहरु पर्छन् । जस्तैः किसान, पैदलयात्रु, बाहिर काम गर्नेहरु र विभिन्न खेलाडीहरु । धेरैजसो चट्याङ पर्ने हावाहुरी आएको र बादल मडारिएको बेलामा हुन्छ र करिव बीस प्रतिशत जति चट्याङ आकाशबाट जमिनमा आइपुग्छ ।
तपाईलाई यसले प्रत्यक्ष लाग्न सक्छ भनेर मात्रै डराउन पर्दैन । तपाईको नजिकको कतै पनि चट्याङ पर्यो भने यसले तपाईलाई खतरामा पार्न सक्छ । किनभने यसले तपाईको वरिपरि धेरै ठूलो मात्रामा विद्युत छोड्न सक्छ । चट्याङले तपाई नजिक मार हानेर अन्तै मोडिन पनि सक्छ ।
चट्याङ पर्नुअघि के गर्ने ?
टेलिभिजन लगायतका सबै विद्युतीय उपकरणहरुलाई बन्द गरेर तार निकाल्नुहोस् । किनभने चट्याङ पर्दा पावर तलमाथि भएर तपाईको सामान बिग्रन सक्छ । सकेसम्म चााडो ओत खोज्नुहोस् । जब तपाईले गड्याङगुडुङको आवाज सुन्नुहुन्छ तपाई ओत लागि हाल्नुपर्छ ।
चट्याङले जहा“ पनि मार हान्न सक्छ र तपाई त्यस्तो ठाउाको आसपासमा पनि हुन सक्नुहुन्छ । त्यसैले चट्याङले बिजुली चम्किएको १० माइल टाढासम्म मार हान्न सक्छ ।
चट्याङ परेपछि के गर्ने ?
१. तपाई घरभित्र हुनुहुन्छ भने ल्याण्डलाइन टेलिफोन प्रयोग नगर्नुहोस् किनभने ल्याण्डलाइनमा विद्युत प्रवाह भएको हुन सक्छ ।
२. त्यसैगरी तपाईले धातुको पाइपबाट बनेका धाराहरु पनि प्रयोग नगर्नुहोस् किनभने यसमा पनि विद्युत प्रवाह हुन सक्छ ।
३. यदि बाहिर कुनै ओतविना हुनुहुन्छ तपाई धातुको सामानबाट टाढै रहनुहोस् र विद्युतीय सामानहरु आफूबाट करिब २० मिटर टाढा राख्नुहोस् ।
४. पानीबाट टाढा बस्नुहोस् किनभने पानीले पनि विद्युत प्रवाह गर्छ ।
५.रुख, खम्बा वा अन्य धातुका सामानहरु नभएको भुइामा बस्ने मिल्ने खुल्ला ठाउामा बस्नुहोस् । किनभने चट्याङ अग्ला वस्तुमा पर्ने सम्भावना बढी हुन्छ ।
६. सम्भव भए कारभित्र बस्नुहोस् । चट्याङ गाडीको धातुमा फैलन्छ र टायरको माध्यमबाट अर्थिङ हुन्छ ।
७. यदि तपाई चट्याङ पर्न सक्ने स्थानको नजिकै हुनुहुन्छ भने भुइातर्फ फर्केर घोप्टिनुहोस् । हातलाई घुाडाहरु राखेर टाउको त्यसको बिचमा राख्नुहोस् । जमिनलाई सकेसम्म थोरै छुनुहोस्, भुइामै सुत्न हुादैन ।
८. विशेषगरी विद्युत प्रवाह गर्न सक्ने धातुका सामानहरुबाट टाढै रहनुहोस् । जस्तैः गल्फ क्लब, छाता, मोटरसाइकल, साइकल तारबार आदि ।
९. यदि तपाईको कपाल उठेको अनुभव भयो भने फेरि तत्कालै पहिलेकै पोजिसनमा बस्नुहोस् ।
१०. चट्याङ पछि पनि बन्द भएका विद्युत लाइन र चुाडेका तारहरुबाट टाढा हुनुहोस् ।
यदि कसैलाई चट्याङ लाग्यो भने के गर्ने ?
यदि कसैलाई चट्याङ लाग्यो भने उनीहरुको शरीर जलेको हुन सक्छ । चट्याङले मुटुलाई असर गर्छ । त्यसैले चट्याङ लागेको मानिसको मुटुको धड्कन छ कि छैन परीक्षण गर्नुहोस् ।
एम्बुलेन्स वा स्वास्थ्यकर्मीलाई खबर गर्नुहोस् । उनीहरु आइपुग्न भन्दा पहिले तपाई अरु चट्याङ पर्नबाट जोखिम छैन भन्ने सुनिश्चित हुनुहोस् ।
उनीहरुको मुटुले काम गर्न छोडेको छ भने सीपीआर अपनाउनुहोस्, तपाईलाई इलेक्ट्रिक सक लाग्दैन । किनभने शरिरमा विद्युतीय चार्ज बसिराख्दैन ।