पत्रकार महासंघ बाँकेको १४ औं साधारण सभा जेठ २२ गते हुने


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
पत्रकार महासंघ बाँकेको १४ औं साधारण सभा जेठ २२ गते हुने

नेपालगन्ज १५ जेठ : नेपाल पत्रकार महासंघ बाँके शाखाको १४ औं साधारण सभाको मिति परिर्वतन गरिएकोछ । यही जेठ १९ गते हुने भनिएको महासंघ बाँके शाखाको साधारण सभाको मिति परिर्वतन गरिएको हो ।

महासंघ बाँकेका सचिव कमल डाँगीद्वारा जारी एक सूचनामा महासंघको पूर्वनिर्धारित साधारण सभाको मिति विविध कारणबस परिर्वतन गरिएको जनाइएकोछ । परिर्वतित मिति अनुसार अब महासंघ बाँकेको साधारण सभा यही जेठ २२ गते मङ्गलबार हुनेछ ।

यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी

‘नेपाल पत्रकार महासंघ बाँके शाखाको १४ औं साधारणसभा मिति २०८१ जेठ १९ गते निर्धारण गरिएकोमा विविध कारणले मिति परिवर्तन गरी २०८१ जेठ २२ गते हुने व्यहोरा सम्पूर्ण सदस्यहरुमा अनुरोध छ’ महासंघ बाँकेका सचिव डाँगीद्वारा जारी सूचनामा उल्लेखछ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

यसअघि महासंघ बाँकेले केन्द्रिय सकुर्लर अनुसार आगामी जेठ २६ गते निर्वाचन गर्नेगरि यही जेठ १९ गते साधारणसभा गर्ने तयारी गरेको थियो । साधारण सभामा वितरण गरिने पुरस्कार छनोटका लागि महासंघले छुट्टा–छुट्टै समिति समेत गठन गरि काम अघि बढाइसकेको महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । 

यो पनि पढ्नुहोस् बाँकेका पत्रकारहरुबीच सुरु भयो चुनावी सरगर्मी, आगामी जेठ २६ गते नयाँ नेतृत्व चयन गरिदैँ

उनका अनुसार पत्रकार शरण कर्माचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकिएकोछ । भने निर्वाचन अधिकृतमा अधिवक्ता केशव कोइराला र पत्रकार दीपेन्द्र धिताललाई नियुक्त गरिएकोछ । 

यस्तै महासंघको १४ औं सभाधारण सभामा वितरण गरिने विभिन्न पुरस्कारको छनोटका लागि पत्रकार एवम महासंघ बाँकेका पूर्वअध्यक्ष समेत रहेका रुद्र सुवेदीलाई छनोट समितिको संयोजक बनाइएको छ । उक्त छनोट समितिको सदस्यमा डक्ट धिताल र नविन गिरी रहेका छन् । धिताल प्रेस सेन्टर र गिरी युनियनकर्मी हुन् । अधिवेशनका लागि अध्यक्ष भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन समेत भइसकेकोछ ।