सरकारले गाँजाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
सरकारले गाँजाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने

नेपालगन्ज १५ जेठ : गाँजाको व्यावसायिक खेती सुरु गर्न सरकारले कानूनी व्यवस्था गर्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत गाँजालाई व्यावसायिक उत्पादनको बाटो खुला गर्ने घोषणा गरेको हो ।

‘गाँजाको व्यावसायिक प्रवर्द्धनका लागि कानूनी व्यवस्था मिलाइनेछ,’ मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

सरकारको यो घोषणलाई सांसदहरूले ताली बजाएर स्वागत गरेका छन् ।