पाँच लाखलाई जग्गाधनी प्रमाण पुर्जा वितरण


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
पाँच लाखलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

नेपालगन्ज १५ जेठ : सरकारले पाँच लाख सुकुम्वासीलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्ने भएको छ ।  मङ्गलबार बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले पाँच लाखलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने बताए ।

सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने घोषणा गरेको छ । मालपोत कार्यालयमा जग्गाको रोक्का र फुकुवाका लागि अनलाईन प्रणाली शुरु गर्ने घोषणा गरेको हो ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

अहिलेसम्म जग्गा रोक्का र फुकुवाका लागि सम्बन्धित जग्गाधनी र रोक्का गर्नेहरु मालपोत कार्यालयमा पुग्नुपर्ने व्यवस्था थियो । अब भने अनलाइनबाटै जग्गा रोक्का र फुकुवा गर्ने सरकारको घोषणा हो ।

अर्थमन्त्री पुनले देशभरका जग्गाको नापनक्साको काम थप परिपक्व गर्ने बताए । उनले नापजाँच बाँकी रहेका जग्गाको आधुनिक प्रविधिबाट नापजाँच गरिने घोषणा समेत गरे ।