प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड

नेपालगन्ज १५ जेठ : सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि दश करोड रुपैयाँ विनियोजन गरेको छ ।  

सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगार उन्मुख शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न सो रकम विनियोजन गरिएको बताए ।

महिलाविरुद्ध हुने हिंसा, शोषण, भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको सिर्जना गरिनेछ । आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रूपमा मनाइने उनले  बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम तथा ग्रामीण क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्वारलाई थप प्रभावकारी बनाइने छ । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमको पुनर्संरचना गरी आर्थिक सशक्तीकरणको कार्यक्रम सञ्चालन गरिनेछ ।