दिवा खाजाका लागि ८ अर्ब ३९ करोड बजेट


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
दिवा खाजाका लागि ८ अर्ब ३९ करोड बजेट

नेपालगन्ज १५ जेठ : सरकारले आगामी आर्थिक वर्षमा दिवा खाजाका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले कर्णाली प्रदेशका हुम्ला जुम्ला, मुगु डोल्पा र कालिकोटमा दिँदै आएको दिवा खाजा रकम वृद्धि गरेको घोषणा गरेका छन् । दिवा खाजामा स्थानीय उत्पादन उपयोग गर्नुपर्नेछ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

यस्तै अति विपन्न र सिमान्तकृत कक्षा ९ देखि १२ कक्षासम्म दिँदै आएको छात्रवृति कक्षा ६ देखि विस्तार गर्ने भएको छ ।

कक्षा १२ सम्म दिइने यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने उनले बताए । विद्यालय तहमा दिइने सबै प्रकारका छात्रवृत्तिको लागि ६० करोड र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि ८७ करोड विनियोजन भएको छ ।