आधारभूत अस्पतालका लागि १५ अर्ब ४१ करोड बजेट


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
आधारभूत अस्पतालका लागि १५ अर्ब ४१ करोड बजेट

नेपालगन्ज १५ जेठ : सरकारले ५, १०, १५ शैयाका आधारभूत अस्पतालको सञ्चालन र निमार्णका लागि अगामी आर्थिक वर्षका लागि १५ अर्ब ४१ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै निमार्ण सम्पन्न भएका ५, १०, १५ शैयाका आधारभूत अस्पताल सञ्चालन गरिने जानकारी दिए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

‘निमार्ण भइरहेका अस्पतालको निमार्ण कार्य सम्पन्न गरिने छ । यसका लागि १५ अर्ब ४१ करोड विनियोजन गरिएको छ,’ उनले भने ।