एमबीबीएस पढ्न सहुलियत कर्जा उपलब्ध गराइने


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
एमबीबीएस पढ्न सहुलियत कर्जा उपलब्ध गराइने

नेपालगन्ज १५ जेठ : सरकारले चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । उच्च माग र आय भएका यस्ता प्राविधिक शिक्षाका लागि कर्जा तथा सहुलियत दिन कानून परिमार्जन पनि गरिने उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै भने, ‘चिकित्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानून परिमार्जन गरिनेछ । सक्रिय कोषमार्फत् सहुलियत कर्जा उपलब्ध गराइनेछ।’

यसैगरी चिकित्सातर्फ जनशक्ति प्रक्षेपण गरी शिक्षण कोटा पुनरावलोकन गरिने पनि घोषणा गरिएको छ ।