शिक्षा मन्त्रालयतर्फ दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
शिक्षा मन्त्रालयतर्फ दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन

नेपालगन्ज १५ जेठ : सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन गरेको छ ।

मङ्गलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले बजेट विनियोजन गरे । उनले अपाङ्गमैत्री र सुरक्षित कक्षा कोठा निर्माणको लागि दुई अर्ब ५० करोड रकम विनियोजन गरेको बताए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

उनले १२ कक्षा पूरा गरेका विद्यार्थीहरुलाई सीप र रोजगारीमा आवद्ध गरिने बताए । उनले प्राविधिक धारको शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न गरिब तथा जेहेन्दार छात्रवृद्धि कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले प्राविधिक शिक्षातर्फ एक अर्ब ५९ करोड विनियोजन गरेको बताए । उनले सरकारले उच्च शिक्षाको लागि २१ अर्ब ४५ करोड विनियोजन गरेको बताए । सरकारले २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधि दशकको रुपमा कार्यान्वयन गर्ने बताए । उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोन गरेको बताए ।