प्रहरीको अवकाश उमेर ६० बनाईने


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
प्रहरीको अवकाश उमेर ६० बनाईने

नेपालगन्ज १५ जेठ : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद पुनरावलोकन हुने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले अवकाश उमेरलाई पुनरावलोकन गरिने बताएका हुन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

कार्यान्वयनमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षकहरू ५८ वर्ष उमेर हदले अनिवार्य अवकाशमा जाँदै आएका छन् ।

निजामती कर्मचारीमा भने अनिवार्य अवकाशमा उमेर ६० वर्ष छ । सशस्त्र र नेपाल प्रहरीले पनि ५८ वर्षे उमेर हदलाई परिर्माजन गर्दै ६० पु¥याउनु पर्ने लविइङ गर्दै आएका थिए ।