निशन्तानका लागि केयर सिटी अस्पताल


सेतोखरी सेतोखरी   बिहीबार, जेठ १७, २०८१
निशन्तानका लागि केयर सिटी अस्पताल

नेपालगन्ज १७ जेठ : नेपालगन्ज र आसपास क्षेत्रका निसन्तान जोडिका समस्या समाधान गर्न बाँझोपन तथा निसन्तान रोग विशेषज्ञ चिकित्सक केयर सिटि अस्पताल नेपालगन्जमा आउँदैछन् ।

बाँझोपन तथा निसन्तान रोग विशेषज्ञ चिकित्सकलाई नेपालगन्जमै उपस्थित गराई निसन्तान जोडिका समस्या निदान र उपचारका लागि सेवा दिन नेपालगन्जको भुजईगाउँस्थित केयर सिटि अस्पतालले यस्तो पहल गरेको हो ।

बरदान फर्टिलिटी सेन्टर काठमाण्डौँका बाँझोपन तथा निसन्तान रोग विशेषज्ञ चिकित्सकद्वय डाक्टर सबिना सिमखडा र डाक्टर बिद्या महतोले आगामी जेठ ३२ र असार १ गते केयर सिटी अस्पतालमा विरामी चेकजाँच गर्नेछन् । 

बाँझोपन तथा निसन्तान सम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा प्रदान गरिरहेका चिकित्सकद्वय सिमखडा र महतो आइभिएफ विशेषज्ञ समेत हुन् । उनै विशेषज्ञ डाक्टरहरु नेपालगन्जको केयर सिटि अस्पतालमा आउनेभएका हुन् । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

यही जेठ ३२ र असार १ गते (शुक्रबार र शनिबार) नेपालगन्ज स्थित केयर सिटि अस्पतालमा गर्भ तुहिने तथा गर्भ नबस्ने, निसन्तान सम्बन्धि उपचार तथा परामर्श, आइभीएफ सम्बन्धि सल्लाह तथा उपचार, बारम्बार आइयूआइ फेल हुने समस्या, हर्मोनको कारणले बच्चा नबस्ने समस्या तथा प्रजनन तथा बाँझोपन सम्बन्धि उपचारका लागि सेवा लिई लाभ लिन नेपालगन्जको भुजईगाउँस्थित केयर सिटि अस्पताल नेपालगन्जले आग्रह गरेकोछ ।

केयर सिटि अस्पतालले निसन्तान तथा बाँझोपन समस्याको उपचारका लागि अग्रिम नामावली टिपाउन समेत आग्रह गरेकोछ ।