नेपालगन्जको विद्युत समस्या समाधान गर्न संघ अध्यक्ष धामीको संयोजकत्वमा संयन्त्र गठन


सेतोखरी सेतोखरी   बिहीबार, जेठ १७, २०८१
नेपालगन्जको विद्युत समस्या समाधान गर्न संघ अध्यक्ष धामीको संयोजकत्वमा संयन्त्र गठन

नेपालगन्ज १७ जेठ : नेपालगन्जमा देखिएको विद्युतको समस्या समाधान गर्न नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा एक संयन्त्र गठन गरिएकोछ । नेपालगन्ज उद्योग बाणिज्य संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको नेपालगन्जको अनियमित विद्युतको समस्या र समाधान विषयक अन्तरक्रियापछि उक्त संयन्त्र गठन गरिएको हो । 

संयन्त्रमा ब्यापारी, नागरिक समाजका अगुवा, अधिवक्ता, पत्रकार महासंघलाई सस्य राखिएकोछ । सदस्य सचिवको जिम्मेवारी संघका महासचिव भीमबहादुर रानाभाटलाई दिइएकोछ । अत्यधिक गर्मीकाबिच नेपालगन्जमा विद्युत आपूर्ती अनियमित हुने, झ्याप्पझ्याप्प जाने र लो भोल्टेजको समस्या रहेकोले उक्त समस्या समाधानमा संयन्त्रले सघाउ पु¥याउनेछ ।

उक्त अन्तरक्रियामा लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल अहिर, निर्वतमान मन्त्री एवम प्रदेश सांसद कृष्णा केसी नमुनाले प्रदेशबाट हु सक्ने सबै सहयोग गर्न तयार रहेकोले विद्युत समस्या समाधान गर्न जोड दिए । 

विद्युत कार्यालय नेपालगन्जका प्रमुख जगन्नाथ लामिछानेले लो भोल्टेजका कारण विद्युत अनियमित भइरहेको जानकारी दिदँै कहीँ तार छिन्ने र ट्रान्सर्फमर पड्किने क्रम बढेको बताए । उनीहरुले विद्युत अनियमित हुन नदिन सक्दो काम गरिरहेको बताए । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

लामिछानेले विद्युत अनियमितता हुनेमा आफूहरुको कुनै दोष नरहेको दावि गर्दै राष्ट्रिय प्रशारण लाईनबाट माग बमोजिमको विद्युत सप्लाई हुन नसक्दा नेपालगन्जसहित यसक्षेत्रमा लो भोल्टेजको समस्या सिर्जना भएको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेकपा एमालेका जिल्ला अध्यक्ष निरक गुरुङ, नेपाली काँग्रेसका जिल्ला सचिव सुधान्सु कोइराला, संघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरी, निर्वतमान केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यलगायतले नेपालगन्जको ४२ डिग्री बढीको गर्मीको समयमा विद्युत अनियमित हुँदा सर्वसाधरणले ठूलो सास्ती भोग्नु परेको बताएका थिए । उनीहरुले विद्युत काट्नै पर्ने भएमात्रै विद्युत काट्ने र अन्य अवस्थामा विद्युत सुचारु गर्न आग्रह गरेका थिए ।