अत्यधिक गर्मीका कारण नेपालगन्जका विद्यालयको बिदा लम्बाइयो


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ १८, २०८१
अत्यधिक गर्मीका कारण नेपालगन्जका विद्यालयको बिदा लम्बाइयो

नेपालगन्ज १८ जेठ : अत्यधिक गर्मीका कारण नेपालगन्ज उपमहानगरपालिकाभित्रका विद्यालयहरुको गर्मी विदा लम्बाइएकोछ । 

यसअघि नै नेपालगन्ज उपमहानगरपालिकाको शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भए पनि अत्यधिक गर्मीका कारण उपमहानगरले गर्मी बिदा लम्बाउने निर्णय गरेको हो । 

यो पनि पढ्नुहोस्  तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगन्जमा ४४.२ डिग्री

उपमहानगरपालिकाका गोर्खबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै जेठ २० गतेबाट असार ८ गते सम्म बिद्यालयहरुमा बिदा दिन सूचित गरेका छन् । नगर प्रमुख स्तरीय निर्णयबाट गर्मी बिदाको सूचना जारी गरेका थापाले असार ९ गतेदेखि विद्यालय नियमित रुपमा सञ्चालन हुने जानकारी दिएका छन् । गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै उपमहानगरले हप्ता दिन अगाडि नै गर्मी बिदा दिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस्  अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय पाँच दिन बन्द

बुधबार यता नेपालगन्जको अधिकतम तापक्रम ४४ डिग्री बढी मापन गरिएको छ । बिहीबार नेपालगन्जको गर्मी देशकै सबैभन्दा बढि रहेको थियो । बिहीबार ४४ दशमलव २ डिर्गी नेपालगन्जको गर्मी मापन गरिएको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएकोछ । 

यो पनि पढ्नुहोस्  देशभर बढ्दो गर्मी, जोखिममा बालबालिका

गर्मीका कारण पठनपाठन सहित यहाँकोदैनिक जनजिवन नै कष्टकर बन्दै गएकोछ । विशेषगरी बालबालिका, बृद्धबृद्धा तथा रोगीले गर्मीका कारण सास्ती भोग्नु परिरहेकोछ ।