घट्यो पेट्रोलियम पदार्थको मूल्य 


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ १८, २०८१
घट्यो पेट्रोलियम पदार्थको मूल्य 

नेपालगन्ज १८ जेठ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकोछ । आयल निगमले शनिबारदेखि लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँ घटाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

योसंगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम हुँदा नेपालगन्जमा १६५.५० रुपैया हुने भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ ।

सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाएको छ । तर, भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको हो ।