जेठ २६ गते पत्रकार महासंघ बाँकेको साधारण सभा


सेतोखरी सेतोखरी   सोमबार, जेठ २१, २०८१
जेठ २६ गते पत्रकार महासंघ बाँकेको साधारण सभा

नेपालगन्ज २१ जेठ : नेपाल पत्रकार महासंघ बाँके शाखाको १४ औं साधारण सभाको मिति फेरि परिर्वतन गरिएकोछ । यही जेठ २२ गते (भोली) हुने भनिएको महासंघ बाँके शाखाको साधारण सभाको मिति फेरि परिर्वतन गरिएको हो ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँकेको १४ औं साधारण सभा जेठ २२ गते हुने

महासंघ बाँकेका सचिव कमल डाँगीद्वारा जारी एक सूचनामा महासंघको पूर्वनिर्धारित साधारण सभाको मिति पछिल्लो समय उत्पन्न परिस्थितीका कारण परिर्वतन गरिएको जनाइएकोछ । परिर्वतित मिति अनुसार अब महासंघ बाँकेको साधारण सभा यही जेठ २६ गते शनिबार हुनेछ ।

यसअघि महासंघ बाँके शाखाले यही जेठ १९ गते महासंघ बाँके शाखाको साधारण सभा गर्ने तयारी गरेको थियो । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी

‘नेपाल पत्रकार महासंघ बाँके शाखाको १४ औं साधारणसभा एवम अधिवेशन पछिल्लो समय उत्पन्न परिस्थितीका कारण मिति परिर्वतन गरिएको छ । शाखाको साधारण सभा अब २०८१ जेठ २६ गते  हुने ब्यहोरा सम्पूर्ण सदस्य ज्यूहरुमा सादर अनुरोध छ ।’ महासंघ बाँकेका सचिव डाँगीद्वारा जारी सूचनामा उल्लेखछ ।

यो पनि पढ्नुहोस् बाँकेका पत्रकारहरुबीच सुरु भयो चुनावी सरगर्मी, आगामी जेठ २६ गते नयाँ नेतृत्व चयन गरिदैँ

यस्तै महासंघ बाँकेले साधारण सभामा वितरण गरिने पुरस्कार छनोटका लागि छुट्टा–छुट्टै समिति समेत गठन गरि काम अघि बढाइसकेको महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । 

उनका अनुसार पत्रकार शरण कर्माचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकिएकोछ । भने निर्वाचन अधिकृतमा अधिवक्ता केशव कोइराला र पत्रकार दीपेन्द्र धिताललाई नियुक्त गरिएकोछ । 

यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’

यस्तै महासंघको १४ औं सभाधारण सभामा वितरण गरिने विभिन्न पुरस्कारको छनोटका लागि पत्रकार एवम महासंघ बाँकेका पूर्वअध्यक्ष समेत रहेका रुद्र सुवेदीलाई छनोट समितिको संयोजक बनाइएको छ । उक्त छनोट समितिको सदस्यमा डक्ट धिताल र नविन गिरी रहेका छन् । धिताल प्रेस सेन्टर र गिरी युनियनकर्मी हुन् । अधिवेशनका लागि अध्यक्ष भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन समेत भइसकेकोछ ।