वाटरपार्कमा बाढी कृत्रिम घटना अभ्यास


सेतोखरी सेतोखरी   बुधबार, जेठ २३, २०८१
वाटरपार्कमा बाढी कृत्रिम घटना अभ्यास

नेपालगन्ज २३ जेठ : बाँके जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा नेपालगन्जको वाटरपार्कमा बाढी सम्बन्धि बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । विपद्बाट नागरिकलाई जोगाउने उद्देश्यका साथ बाँकेको नेपालगन्ज स्थित वाटरपार्कमा बाढी कृत्रिम घटना अभ्यास गरिएको हो । 

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको विपद् प्रतिकार्य टोलिले बाढीबाट हुने विपदबाट नागरिकलाई जोगाउने, बाढीबाट हुन सक्ने धनजनको क्षतिलाई रोक्ने र उद्दार गर्ने अभ्यास गरेका थिए । 

Kanti Aarogya Hospital Nepalgunj

उक्त अभ्यासमा नेपाली सेनाको मेडिकल टिम र नेपाल रेडक्रस सोसाइटी बाँकेले बाढीको जोखिमबाट घाइते भएकाहरुलाई प्राथमिक उपचार सेवा प्रदान गरी थप उपचारका लागि अस्पताल पु¥याने अभ्यास गरेका थिए । बाढी विपदबाट हुने सक्ने सम्भावित जनधनको क्षती कम गर्न प्रत्येक वर्ष बाँकेमा पूर्व तयारी स्वरुप बाढी विपद्को कृत्रिम घटना अभ्यास गरिदै आएको छ ।

बाढी कृतिम घटना अभ्यास कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले कृत्रिम घटना अभ्यासले उद्दारकर्मीहरुको क्षमता बृद्धि हुने र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताए । बाँकेको तटीय क्षेत्रमा रहेको बस्तीहरु बढी बाढी जोखिममा रहेको हुदा बाढी बिपद्को बेलामा बाढी कृत्रिम अभ्यासले पुर्व तयारीमा र जनचेतना टेवा पु¥याउने उनले बताए । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा रुपन ज्ञवालीले सहजिकरण गरेका थिए ।