आफ्नै श्रीमतीको हत्या गरी फरार भएका आर्मीका जवान पक्राउ


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ २५, २०८१
आफ्नै श्रीमतीको हत्या गरी फरार भएका आर्मीका जवान पक्राउ

नेपालगन्ज २५ जेठ : आफ्नै श्रीमतीको हत्या गरी फरार भएका आर्मीका एक जवान पक्राउ परेका छन् ।

बाँकेको छिमेकी जिल्ला दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका ती जवानलाई प्रहरीले पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित कोठामै शनिबार बिहान ८ बजे आफ्नै श्रीमतीको हत्या गरी सेनाका जवान ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएका थिए । प्रहरीले उनलाई तुलसीपुरबाटै पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार नेपाली सेनाका जवान शालिकरामले खुकुरी प्रहार गरी आफ्नी २७ वर्षीया श्रीमती टीका बुढाथोकीको हत्या गरेका थिए ।  

Kanti Aarogya Hospital Nepalgunj

पक्राउ परेका बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेका छन् । शालिकरामलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।