पत्रकार महासंघको चुनाव असार दोस्रो साता


सेतोखरी सेतोखरी   शनिबार, जेठ २६, २०८१
पत्रकार महासंघको चुनाव असार दोस्रो साता

नेपालगन्ज २६ जेठ : पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनाव सरेको छ । २७ औं महाधिवेशनले आज(जेठ २६) गतेका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो ।

यो पनि पढ्नुहोस्  महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो

मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । उनका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो ।

यो पनि पढ्नुहोस्  कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो

Care City
Kanti Aarogya Hospital Nepalgunj

असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन । साथै, निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एशोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्  पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’

आज पत्रकार महासंघ बाँकेको साधरण सभा 

यसैबीच, नेपाल पत्रकार महासंघ बाँके शाखाको १४ औं साधारण सभा आज शनिबार हुँदैछ । महासंघ बाँकेका सचिव कमल डाँगीले महासंघको १४ औं साधारण सभा एवम जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताए । 

यो पनि पढ्नुहोस्  चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी

यसअघि महासंघले एक सूचना जारी गर्दै महासंघको १४ औं साधारण सभामा उपस्थितीका लागि सम्पूर्ण सदस्यलाई आग्रह गरेको थियो । यसअघि पूर्वनिर्धारित समयमा साधारण सभा हुन नसकेपछि दुई पटक मिति परिर्वतन गरिएको हो । पछिल्लो समय उत्पन्न परिस्थितीका कारण दुईपटक मिति परिर्वतन गरिएको महासंघ बाँकेले जनाएकोछ । 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघ बाँकेको साधरण सभा शनिबार विहान ११ बजे

नेपालगन्ज सुर्खेतरोड स्थित बाजेको सेकुवा रेष्टुरेण्टमा आज शनिबार विहान ११ बजे महासंघ बाँकेको १४ औं साधारण सभा हुँदैछ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीका अनुसार साधरण सभामा सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरि पारित गरिनुका साथै महासंघले प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मान वितरण गर्दैछ । 

यो पनि पढ्नुहोस्  बाँकेका पत्रकारहरुबीच सुरु भयो चुनावी सरगर्मी, आगामी जेठ २६ गते नयाँ नेतृत्व चयन गरिदैँ

जिल्लाको साधारण सभाका लागि यसअघि महासंघले वितरण गर्ने पुरस्कार छनोटका लागि छुट्टा–छुट्टै समिति गठन गरेको थियो । उनका अनुसार पत्रकार शरण कर्माचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकिएकोछ । भने निर्वाचन अधिकृतमा अधिवक्ता केशव कोइराला र पत्रकार दीपेन्द्र धिताललाई नियुक्त गरिएकोछ । 

यो पनि पढ्नुहोस्  जेठ २६ गते पत्रकार महासंघ बाँकेको साधारण सभा

यस्तै महासंघको १४ औं सभाधारण सभामा वितरण गरिने विभिन्न पुरस्कारको छनोटका लागि पत्रकार एवम महासंघ बाँकेका पूर्वअध्यक्ष समेत रहेका रुद्र सुवेदीलाई छनोट समितिको संयोजक बनाइएको छ । उक्त छनोट समितिको सदस्यमा डक्ट धिताल र नविन गिरी रहेका छन् । धिताल प्रेस सेन्टर र गिरी युनियनकर्मी हुन् । अधिवेशनका लागि अध्यक्ष भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन समेत भइसकेकोछ ।

यो पनि पढ्नुहोस्  तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो