सेतोखरीका सहसम्पादक मल्ल ‘क्रियाशिल पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मानित


रवि कनोजिया रवि कनोजिया   शनिबार, जेठ २६, २०८१
सेतोखरीका सहसम्पादक मल्ल ‘क्रियाशिल पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मानित

नेपालगन्ज २६ जेठ : सद्भाव ग्रुप प्रालि नेपालगन्जबाट सञ्चालित सेतोखरी डटकमका सहसम्पादक विजय मल्ल सम्मानित भएकाछन् । नेपाल पत्रकार महासंघ बाँकेको १४ औं साधारण सभा एवम जिल्ला अधिवेशनबाट मल्ल क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । 

पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल रहेका मल्ललाई नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा स्थापना गरिएको क्रियाशिल पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत गरिएको हो । 

उनलाई महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, साधरण सभाका प्रमुख अतिथि समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रसान्त विष्ट तथा महासंघ बाँकेका पूर्वअध्यक्षद्वय निरज गौतम र ठाकुर सिंह थारुले संयुक्तरुपमा पाँच हजार नगदसहित पुरस्कार वितरण गरेका हुन् । 

मल्ल करिब दुई दशकदेखि बाँकेमा रहेर क्रियाशिल पत्रकारिता गरिरहेकाछन् । विशेषगरि खोजमुलक तथा अनुसन्धनात्मक समाचारमा दख्खल राख्ने मल्ल सद्भाव ग्रुप प्रालि नेपालगन्जबाट प्रकाशित हुने सद्भाव राष्ट्रिय दैनिकका सहसम्पादक समेत हुन् । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

नेपाल प्रेस युनियन बाँकेका निर्वतमना सचिव समेत रहेका मल्ल ठकुरी पत्रकार समाज नेपालका केन्द्रिय महासचिव हुन् । मल्ल नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पार्षदसंगै नेपाल प्रेस युनियन लुम्बिी प्रदेशका प्रदेश परिषद् सदस्य समेत हुन् ।