नेपालगन्ज ३२ जेठ : केयर सिटी अस्पतालले बरदान फर्टिलिटी सेन्टर काठमाण्डौँका बाँझोपन तथा निसन्तान रोग विशेषज्ञ चिकित्सकलाई नेपालगन्जमा ल्याएर निसन्तान जोडिका समस्या समाधान गर्दैछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ भुजई गाउँ स्थित केयर सिटी अस्पतालले निसन्तान जोडिका समस्या निदान र उपचारका लागि बाँझोपन तथा निसन्तान रोग विशेषज्ञ चिकित्सकलाई काठमाण्डौंबाट नेपालगन्ज ल्याएको हो ।
केयर सिटी अस्पतालले यही जेठ ३२ र असार १ गते अर्थात भोली शुक्रबार र शनिबार बाँझोपन तथा निसन्तान रोग विशेषज्ञ चिकित्सकद्वारा सेवा उपलब्ध गराउँदैछ ।
यो पनि पढ्नुहोस् केयर सिटी अस्पतालको सेवा विस्तार, चिकित्सकद्वारा २४ सैं घण्टा उपचार
नेपालगन्ज र आसपास क्षेत्रका निसन्तान जोडिका समस्या समाधान गर्न बाँझोपन तथा निसन्तान रोग विशेषज्ञ चिकित्सक केयर सिटि अस्पताल नेपालगन्जमा आएको अस्पतालका निर्देशक सन्तोष साहले जानकारी दिए । अस्पतालले इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई स्तरीय बनाउन बरदान फर्टिलिटी सेन्टर काठमाडौंका बाँझोपन तथा निसन्तान रोग विशेषज्ञसंग समन्वय गरेको हो ।
‘केयर सिटी अस्पतालबाट निसन्तान दम्पत्तिका लागि आईभीएफ उपचार र परामर्श सेवा भइरहकै थियो उनले अगाडी थपे–‘यसलाई थप स्तरीय बनाउन काठमाडौंबाट विज्ञ चिकित्सकहरु बोलाएर बाँझोपन तथा निसन्तान जोडीको समस्या निदान र उपचारको सेवा दिदैँछौं ।’
बरदान फर्टिलिटी सेन्टर काठमाण्डौँका बाँझोपन तथा निसन्तान रोग विशेषज्ञ चिकित्सकद्वय डाक्टर सबिना सिमखडा र डाक्टर बिद्या महतोले जेठ ३२ र असार १ गते केयर सिटी अस्पतालमा विरामी चेकजाँच गर्नेछन् । बाँझोपन तथा निसन्तान सम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा प्रदान गरिरहेका चिकित्सकद्वय सिमखडा र महतो आइभिएफ विशेषज्ञ समेत हुन् । उनै विशेषज्ञ डाक्टरहरु नेपालगन्जको केयर सिटि अस्पतालमा आएका हुन् ।
यो पनि पढ्नुहोस् गृहनगर नेपालगन्जमा भविष्य देखेका बालरोग विशेषज्ञ डा. थापा
उनीहरुले गर्भ तुहिने तथा गर्भ नबस्ने, आइभिएफ सम्बन्धी उपचार तथा सल्लाह, निसन्तान सम्बन्धी उपचार तथा परामर्श, बारम्बार आइयुआइ फेल हुने समस्या, हर्मोनका कारण बच्चा नबस्ने समस्या, प्रजनन् तथा बाँझोपन सम्बन्धी समस्या भएकाहरुको उपचार तथा परामर्शका सेवा प्रदान गर्ने निर्देशक साहले जानकारी दिए ।
पछिल्लो सयम दम्पतिहरुमा बाँझोपन तथा निसन्तानपनको समस्या बढ्दै गएकाले महिला र पुरुष दुवैले आफ्नो समस्या पहिचान र सही उपचारका लागि विशेषज्ञ चिकित्सकलाई नेपालगन्जमै बोलाएर चेकजाँच गराउने उद्देश्यका साथ केयर सिटी अस्पतालले काम गरिरहेको छ ।
बाँझोपन तथा निसन्तान पीडितले केयर सिटीमा आएर उक्त सेवा लिई लाभ लिन केयर सिटि अस्पतालका निर्देशक साहले आग्रह गरे । नेपालगन्जको भुजई गाउँमा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको केयर सिटी अस्पतालले पछिल्लो समय बिरामीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गर्न २४ सैं घण्टा चिकित्सकसहितको सेवा दिदैँ आएकोछ ।
यो पनि पढ्नुहोस् निशन्तानका लागि केयर सिटी अस्पताल
आफ्नो सेवा विस्तार गरेको केयर सिटी अस्पतालमा आइसियु, एनआइसीयु, भेन्टिलेटर, अप्रेशन कक्ष र अत्याधुनिक प्रयोगशालाको सुविधा छ । यसका साथै इमरजेन्सी, फार्मेसी, अत्याधुनिक प्रयोगशाला, एक्सरे तथा भिडियो एक्सरेको सेवा दिइरहेकोछ ।
करिब २० करोडको लागतमा एक विघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको अस्पतालमा बालरोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुति रोग, निसन्तान तथा बाँझोपन, हाडजोर्नी, न्यूरो सर्जरी, नाक कान घाँटी, जनरल सर्जरी तथा रेडियो विभाग रहेको अस्पतालका प्रबन्ध निर्देशक सन्तोस साहले बताए ।