नेपालगन्ज ३२ जेठ : जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न समयमा बरामद गरेको लागुऔषध नष्ट गरेकोछ ।
चालु आर्थिक वर्षको हालसम्म जिल्ला प्रहरी कार्यालय बाँकेमा लागुऔषध मुद्दा दर्ता भई बरामद गरिएका उक्त लागुऔषध नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता समेत रहेका डिएसपी नारायण डाँगीका अनुसार बरामद गरिएका लागुऔषध मध्ये अनुसन्धान अधिकारीका लागि नमुना छुट्याईएको लागुऔषधलाई जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा नष्ट गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थितीमा अनुसन्धानका लागि छुट्याइएका नमुना लागुऔषधहरु ब्राउन सुगर ९० ग्राम ८ सय मिलिग्राम, कोरेक्स दुई सय एमएल, नाईट्रोजेपाम २५ ट्याब्लेट र ६ ग्राम गाँजा जलाएर नष्ट गरिएको हो ।