नेपालगन्ज १ असार : स्वास्थ्यको हवका रुपमा विकसित हुँदै गएको नेपालगन्जमा गुणस्तरीय र विशेषज्ञसहितको सेवा दिने गरि स्वास्थ्य संस्थाहरु सञ्चालनमा आइरहेकाछन् । साविकको मध्य तथा सुदूरपश्चिमको केन्द्रविन्दूका रुपमा रहेको नेपालगन्जमा एकपछि अर्को गरि विशेषज्ञ चिकित्सकसहित सुविधासम्पन्न, अत्याधुनिक, विश्वसनीय तथा गुणस्तरीय स्वास्थ्य संस्थाहरु सञ्चालनमा छन् ।
नेपालगन्जमै यी सुविधा पाएपछि उपचारका लागि यहाँबाट बाहिर भौतारिनुपर्ने यस क्षेत्रका सर्वसाधरणको बाध्यता क्रमश घट्दै गएकोछ । यस क्षेत्रका सर्वसाधरणको यही बाध्यतालाई मनन गर्दै नेपालगन्जमा हेल्थ केयर क्लिनिक सञ्चालनमा आएकोछ ।
नेपालगन्ज स्थित नर्सिङहोमको मुल गेटको पूर्वपट्टि हालै सञ्चालनमा आएको हेल्थ केयर क्लिनिकले विशेषज्ञ सेवाका साथ सुविधा सम्पन्न प्रयोगशाला सञ्चालनमा ल्याएको हो । हेल्थ केयर क्लिनिकले बाँकेमा उपलब्ध विशेषज्ञ चिकित्सकबाट सेवा दिनुका साथै काठमाण्डौंमा रहेका विशेषज्ञ चिकित्कसलाई नेपालगन्जमै बोलाएर गुणस्तरीय सेवा प्रदान गरिरहेकोछ ।
हेल्थ केयरले उपलब्ध गराएको यो सुविधाबाट यस क्षेत्रका सर्वसाधरणको समय, पैसा बचत हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरिरहेकाछन् । नेपालगन्जको नर्सिङहोम अगाडी सञ्चालनमा आएको हेल्थ केयर क्लिनिकले विशेषज्ञ सेवा प्रदान गरिरहेकोछ । जहाँ विशेषज्ञ चिकित्सकद्वारा रोगको पहिचान, निदान, उपचार र परामर्श प्रदान गरिरहेकोछ ।
यस्तै हेल्थ केयरले अत्याधुनिक प्रविधिद्वारा भिडियो एक्सरे, इकोका साथै माइनर ओटीको सेवा उपलब्ध गराइरहेको हेल्थ केयर क्लिनिकका सञ्चालक दीपनारायण श्रेष्ठले बताए ।
‘हामीले सुविधा सम्पन्न प्रयोगशाला सञ्चालनमा ल्याएका छौं । जहाँ अनुभवी र दक्ष प्राविधिकद्वारा जाँच गरिन्छ’ श्रेष्ठले अगाडी थपे–‘प्रयोगशाला रिर्पोट अनुसार नै चिकित्सकले रोगको निदान र उपचार गर्ने हुँदा विश्वासिलो र भरपर्दो प्रयोगशालाबाट हामीले सेवा दिइरहेकाछौं ।’
स्वदेशी तथा विदेशी सम्पूर्ण औषधीहरु सर्वसुलभरुपमा उपलब्ध गराइरहेको हेल्थ केयर क्लिनिकमा नेपालगन्जमा रहेका विभिन्न रोग विशषेज्ञ डाक्टरले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गरिरहेकाछन् ।
हेल्थ केयर क्लिनिकका सञ्चालक श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेजमा काम गरेका स्त्री, प्रस्तुती तथा इन्फर्टीलिटी र ल्याप्रोस्कोपिक सर्जन डाक्टर पूर्णीमा राई, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका फ्यामिली फिजिसियन डाक्टर खोम बहादुर चौधरी, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराकै बालरोग विशेषज्ञ डाक्टर सुभाष मेहता तथा भेरी अस्पताल नेपालगन्जका जर्नल फिजिसियन डाक्टर उमेश ढुङ्गानाले सेवा प्रदान गरिरहकाछन् ।
यस्तै काठमाण्डौमा रहेको बि एण्ड बी अस्पतालका बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डाक्टर नूतन शर्मा र सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर दीपेन्द्र कार्कीलाई क्लिनिकमा बोलाएर हेल्थ केयरले सर्वसाधरणलाई सेवा दिइरहेकोछ ।
भर्खरैमात्र बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डाक्टर नूतन शर्मा नेपालगन्ज आएर सेवा दिएर फर्किसकेकीछन् भने आगामी असार ८ गते शनिबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर दीपेन्द्र कार्कीलाई बोलाएर सेवा दिन लागेको सञ्चालक श्रेष्ठले बताए ।
हरेक दिन विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म र बेलुका ५ बजेदेखि ७ः३० बजेसम्म विशेषज्ञ सेवा, प्रयोगशाला तथा अत्याधुनिक प्रविधिद्वारा भिडियो एक्सरे, इकोका साथै माइनर ओटीको सेवा उपलब्ध गराइरहेको हेल्थ केयर क्लिनिकका सञ्चालक दीपनारायण श्रेष्ठले बताए ।
‘क्लिनिक भन्ने वित्तिकै सामान्य उपचार सेवा दिने संस्था भनेर बुझ्ने गरिन्छ । तर, हाम्रो बहुविशेषज्ञ क्लिनिकमा विभिन्न विषयमा दक्ष विज्ञ चिकित्सकले विशिष्ट सेवा दिइरहेकाछन्’ सञ्चालक श्रेष्ठले थपे–‘क्लिनिकबाट हामीले सबैखालको विशेषज्ञ सेवा दिन्छौं ।’
नयाँ ज्ञान सीपमा आधारित रहेर उपचार सेवा दिइरहेको क्लिनिकमा एकै छानामुनि सबै विशेषज्ञ सेवाहरु दिने उद्देश्यका साथ क्लिनिक स्थापना गरिएको श्रेष्ठले बताए ।