निर्धन समुह सदस्यको निःशुल्क स्वास्थ्य परीक्षण


सेतोखरी सेतोखरी   शनिबार, असार १, २०८१
निर्धन समुह सदस्यको निःशुल्क स्वास्थ्य परीक्षण

कोहलपुर १ असारः निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानले शनिबार कोहलपुरमा निःशुल्क पाठेघर मुखको क्यान्सर तथा स्त्री रोग र जनरल स्वास्थ्य परीक्षण गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर–९ स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य पोलिक्लिनिक भवन झण्डहवामा निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

प्रतिष्ठानले नियमित स्वास्थ्य परीक्षण गर्ने संस्कारलाई विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम राखेको जनाएको छ । सो क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. कविता पाण्डे, फिजिसियन डा. श्याम बिक, डा. होमराज अधिकारी र डा. देवेन्द्र आचार्य लगायतले स्वास्थ्य परीक्षण गरेको वरिष्ठ ब्यवस्थापक जिताराम गौतमले जानकारी दिए । 

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडमा आबद्ध समुह सदस्यका लागि उक्त स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो । संस्थाले हरेक वर्ष यस्ता कार्यक्रम गर्दैै आएको छ । 

Nirdhan_sadasya_health_parixan-2-1718459480.jpg
शिविर उद्घाटन कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका उपाध्यक्ष जनार्दन देव पन्त, कोहलपुर नगरपालिका वडा नम्बर–९ का वडाअध्यक्ष ओपेन्द्रनाथ योगी, स्त्री रोग विशेषज्ञ डा. कविता पाण्डे लगायतले बोलेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

संस्थाका उपाध्यक्ष पन्तले स्वास्थ्यमा असाध्यै ध्यान दिन जरुरी बताए । सर्बसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै निर्धन उत्थान स्वास्थ्य प्रतिष्ठान सुरु गरेको प्रष्ट्याउँदै भने, ‘यो संस्थाले पछि सबै देशबासीलाई सहयोग गर्न सकोस्, हामीले हाम्रो स्वास्थ्यलाई एक पटक चेकअप गरेर पुग्दैन, हरेक ६÷६ महिना अथवा वर्षमा एक पटक भएपनि स्वास्थ्य चेकअप गर्न जरुरी छ ।’

समयमै औषधी गर्यौ भने रोगबाट बच्न सकिने पन्तले बताए । आम जनसमुदायको स्वास्थ्यमा सुधार ल्याउनु नै प्रतिष्ठानको उद्देश्य भएको उनको भनाई छ ।

Nirdhan_sadasya_health_parixan-4-1718459503.jpg
निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्नका लागि रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले प्रायोजन गरेको थियो । सो क्रममा निर्धन उत्थान लघुवित्त वित्तिय संस्थामा आवद्ध रहेका महिलाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।