नेपालगन्ज २ असार : काठमाण्डौ स्थित बी एण्ड बी अस्पतालमा कार्यरत बरिष्ठ थाइराइड, मधुमेह, हार्मोन रोग विशेषज्ञ डाक्टर दीपेन्द्र कार्की नेपालगन्ज आउने भएकाछन् । नेपालगन्ज नर्सिङ होमको ठिक पूर्वपट्टि रहेको हेल्थ केयर क्लिनिकमा आगामी असार ८ गते शनिबार विशेषज्ञ डाक्टर कार्की आउन लागेका हुन् ।
विशेषज्ञ डाक्टर नेपालगन्ज आएर सेवा दिने भएपछि थाईराइड, मधुमेह, हार्मोन रोग विशेषज्ञ डाक्टरसँग उपचार तथा परामर्श लिन हेल्थ केयर क्लिनिकले आग्रह गरेकोछ । आगामी असार ८ गते शनिबार विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विशेषज्ञ डाक्टरले सेवा दिने हुँदा सो समयमा उपचारका लागि अग्रिम नाम टिपाई आफ्नो पालो सुरक्षित गर्न हेल्थ केयरले अग्रह गरेको हो ।
यो पनि पढ्नुहोस् नेपालगन्जमा हेल्थ केयर क्लिनिक सञ्चालनमा, एकै छानामुनि सम्पूर्ण विशेषज्ञ सेवा
विशेषज्ञ डाक्टर कार्कीले थाईराइड सम्बन्धी समस्या, यौन ईच्छामा कमी, शरीरमा हर्मोनको गडबडी तथा सुगर सम्बन्धी समस्याको जाँच एवम उपचार गर्नुका साथै विरामीलाई आवश्यक परामर्श प्रदान गर्नेछन् । काठमाण्डौबाट विशेषज्ञ चिकित्सकलाई नेपालगन्ज बोलाएर सेवा प्रदान गरिरहेको हेल्थ केयर क्लिनिकले आफ्नो समस्याको उपचारका लागि अग्रिम नामावली टिपाउन समेत आग्रह गरेकोछ ।
हेल्थ केयर क्लिनिकले बाँकेमा उपलब्ध विशेषज्ञ चिकित्सकबाट सेवा दिनुका साथै काठमाण्डौंमा रहेका विशेषज्ञ चिकित्कसलाई नेपालगन्जमै बोलाएर गुणस्तरीय सेवा प्रदान गरिरहेकोछ । नेपालगन्जको नर्सिङहोम अगाडी सञ्चालनमा आएको हेल्थ केयर क्लिनिकले विशेषज्ञ सेवा प्रदान गरिरहेको हो । जहाँ विशेषज्ञ चिकित्सकद्वारा रोगको पहिचान, निदान, उपचार र परामर्श प्रदान गरिरहेकोछ ।
हरेक दिन विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म र बेलुका ५ बजेदेखि ७ः३० बजेसम्म विशेषज्ञ सेवा, प्रयोगशाला तथा अत्याधुनिक प्रविधिद्वारा भिडियो एक्सरे, इकोका साथै माइनर ओटीको सेवा उपलब्ध गराइरहेको हेल्थ केयर क्लिनिकका सञ्चालक दीपनारायण श्रेष्ठले बताए ।