भेरीका डाक्टर बद्री चापागाईँको सरुवा


सेतोखरी सेतोखरी   बुधबार, असार ५, २०८१
भेरीका डाक्टर बद्री चापागाईँको सरुवा

नेपालगन्ज ५ असारः भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट डर्मालोजिष्ट डाक्टर बद्री चापागाईँको सरुवा भएको छ । 

अस्पतालका पुर्वमेडिकल सुपरिटेण्डेन्ट रहेका एघारौं तहका डाक्टर चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरको २०८१ जेठ २३ गतेको निर्णय अनुसार सरुवा गरिएको हो ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत रामप्रसाद ओलीका अनुसार डाक्टर चापागाईँलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कामकाजमा खटाइएको छ । 

डाक्टर चापागाईलाई खटिएकै निकायबाट तलब, भत्ता भुक्तानी हुने गरी सरुवा गरिएको शाखा अधिकृत ओलीले पत्रमा उल्लेख गरेका छन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले सोही मितिमा निर्णय गरेर अस्पतालका फार्मेसी सुपरभाईजर निरीक्षक (छैठौं तह) अविनाश गुप्ता र फार्मेसी सुपरभाइजर(पाँचौ तह) दिनेश दमाई नेपालीको पनि सरुवा गरेको छ ।

गुप्तालाई औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्ज र नेपालीलाई गेटा अस्पताल कैलालीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।