सन्नि लियोनी नेपाल आउँदै


सन्नि लियोनी नेपाल आउँदै

नेपालगन्ज: बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनी नेपाल आउने भएकी छिन् ।

सन्नी स्वयम्ले एक भिडियो सन्देश बनाएर आफू नेपाल आउन लागेको बताएकी छिन् । उनी नेपाली चलचित्र ‘पासवर्ड’को प्रीमियरमा सहभागी हुन नेपाल आउन लागेकी हुन् । यस चलचित्रमा पनि उनले आइटम नृत्य गरेकी छिन् ।

सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रीमियरमा सन्नी सहभागी हुने छिन् । भिडियोमा उनले चलचित्रको प्रोमोशनल इभेन्ट एण्ड प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको बताएकी छिन् । भिडियोको अन्तिममा उनले चलचित्रलाई सफलता शुभकामना दिएकी छिन् ।

चलचित्र सेप्टेम्बर १३ तारिख रिलिज हुँदैछ । सन्नीले ३ दिन चलचित्रको प्रचारमा सहयोग गर्ने बुझिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्रमा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको मुख्य भूमिका रहेको छ । एक्सन थ्रिलर चलचित्रमा बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन्।