बुद्धको प्राचिन स्मारक सहित ३ जना पक्राउ


सेतोखरी सेतोखरी   बुधबार, असार १२, २०८१
बुद्धको प्राचिन स्मारक सहित ३ जना पक्राउ

नेपालगन्ज १२ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले बुद्धको प्राचिन स्मारकसहित तीन जनालाई नियन्त्रणमा लिएकोछ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–८ ढकेरी (शम्शेरगञ्ज) स्थित सडकखण्डबाट हिजो मङ्गलबार दिउँसो तीन बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

शंकास्पद रुपमा रहेका उनीहरुललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुका साथबाट पहेलो रङको धातुको जस्तो बुद्धको मुर्ति प्रहरीले बरामद गरेको हो ।  

रुपन्देही तिलोतमा नगरपालिका वडा नम्बर–११ बस्ने बर्ष ५० को खिम बहादुर कुवर, सोही ठाँउ बस्ने बर्ष ५० का रामु न्यौपाने र दाङ घोराही उपमहानगरपालिका वडा नम्बर–१५ बस्ने बर्ष ५८ का निम बहादुर कुवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शंकास्पदरुपमा रहका उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ गरी खानतलासी गर्दा खिम बहादुर कुँवरले पछाडी पिठ्युँमा बोकेको खैरो रङको झोला खोली हेर्दा ‘ओम नम : शिवायाः’ लेखिएको तुल (रुमाल ) मा बेरी लुकाई राखिएको पिधको गोलाई १ फिट ६ ईन्च, पिध देखि शिरको टुप्पो सम्मको उचाई ९ ईन्च, तौल गर्दा ८ किलो ६८० ग्राम भएको पहेलो रङको धातुमा अधिकांश भागमा कालो रङको पालिस लगाएको जस्तो देखिने पहेलो रङको धातुको जस्तो बुद्धको मुर्ति प्रहरीले बरामद गरेको हो । 

Kanti Aarogya Hospital Nepalgunj

सोही झोलाको बुद्धको मुर्ति भएको स्थानमा ८ ईन्च लम्बाई कटर थान १, ८ ईन्च लम्बाई भएको पिलास थान १, ८ ईन्च लम्बाई भएको फलामको रेति थान १ र खिम बहादुर कुँवरको साथमा रहेको भारतीय सिमकार्ड १ थान प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए । 

उक्त मुर्तीको धातु र बनोट हेर्दा प्राचिन स्मारक जस्तो रहेको प्रहरीले जनाएकोछ । उक्त मुर्ती कहाँबाट कसरी ल्याएको र कहाँ लगिदैं थियो भन्ने लगायतका विषयमा प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धान अघि बढाइएकोछ ।