सेनाको निःशुल्क स्वास्थ्य शिविरमा ६७० जना बिरामीको स्वास्थ्य जाँच


सेतोखरी सेतोखरी   बिहीबार, असार १३, २०८१
सेनाको निःशुल्क स्वास्थ्य शिविरमा ६७० जना बिरामीको स्वास्थ्य जाँच

तस्विर : रासस

नेपालगन्ज १३ असार : नेपाली सेनाले बाँकेको लक्ष्मनपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपालगन्जको राँझास्थित श्री बज्रदल गणको आयोजनामा बाँकेको नरैनापुर गाउँपालिका–२ लक्ष्मनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

उक्त शिविरमा छ सय ७० जना बिरामीले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी भएको बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले बताजानकारी दिए ।

उक्त शिविरमा तीन सय ३८ महिला, दुई सय ८२ ज्येष्ठ नागरिक र ५० बालबालिकाले स्वास्थ्य जाँच गराएका थिए । गणपति श्रेष्ठका अनुसार उक्त शिविरमा १६ जना विशेषज्ञसहितको टोलीले बिरामीलाई सेवा प्रदान गरेका थिए । 

शिविरमा नशा तथा हाड जोर्नी, स्त्री सम्बन्धी, छाला, बालरोग, दन्त रोग, नाक कान घाँटी, आँखा र न्युरो लगायतका रोगहरूको जाँच गरिएको थियो । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायकरथी रोशन शमशेर राणाले शिविरमा प्रत्यक्ष सहयोग पु¥याउने विभिन्न अस्पतालका १६ जना विशेषज्ञ डाक्टरहरूलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

सैनिक अस्पताल नेपालगन्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगन्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगन्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।