एसईई परीक्षामा बाँकेका ३२ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण


विजय मल्ल विजय मल्ल   शुक्रबार, असार १४, २०८१
एसईई परीक्षामा बाँकेका ३२ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

नेपालगन्ज १४ असार : बाँकेको यसवर्षको एसईईको परीक्षाको नतिजा अघिल्ला वर्षहरू भन्दा निकै खस्कियो । परीक्षामा सहभागीमध्ये ३२ दशमलव ३२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भए ।

आधा भन्दा धेरै विद्यार्थी एसईईको परीक्षामा अनुत्तीर्ण भएपछि यतिबेला समग्र बाँकेको शैक्षिक प्रणालीमाथि प्रश्न खडा भएकोछ ।

२०८० सालको एसईई परीक्षामा जिल्लाका कुल ९ हजार २ सय ९३ विद्यार्थी सम्मलित भए । यी विद्यार्थी मध्ये आधा भन्दा धेरै विद्यार्थी एसईई परीक्षामा अनुत्र्तीण भएको पाइएको हो । 

यो पनि पढ्नुहोस् यसपटक एसईईमा ४७.८६ मात्र विद्यार्थी उत्तीर्ण

Kanti Aarogya Hospital Nepalgunj

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेपछि यतिबेला समग्र बाँकेको शैक्षिक अवस्थामाथि प्रश्न उठेकोछ ।

कुल ९ हजार २ सय ९३ जना सम्मलित एसईईको परीक्षामा ६ हजार ३०३ जना विद्यार्थी अनुत्तीर्ण भएकाछन् । तीन हजार ४ जना विद्यार्थी उत्र्तीण हुँदा एक विषय लागेका विद्यार्थीको संख्या एक हजार २३८ र दुई विषय लागेका विद्यार्थीको संख्या एक हजार २२४ रहेको तथ्यांकले देखाएकोछ । 

यस्तै एनजी(अवर्गिकृत) संख्या ६ हजार ३०३ जना रहेका छन् । यो भनेको एसईईमा फेल भएका हुन् । 

यो पनि पढ्नुहोस् यसरी हेर्नुहोस् एसइई नतिजा

यसपटकको एसईई परीक्षामा बाँकेका २६१ जना विद्यार्थीले ए प्लस, ९३१ विद्यार्थीले ए, एक हजार ९१ जना विद्यार्थीले बी प्लस, ६३० जना विद्यार्थीले बी र ९१ जना विद्यार्थीले सी प्लस ल्याएका छन् ।