बाँकेमा २ प्रतिशत मात्र रोपाई


विजय मल्ल विजय मल्ल   शनिबार, असार १५, २०८१
बाँकेमा २ प्रतिशत मात्र रोपाई

File Photo

नेपालगन्ज १५ असार : असार १५ अर्थात् आज धान दिवस । मानो रोपेर मुरी फलाउने अभियानलाई प्रोत्साहन गर्नका लागि आजको दिनलाई धान दिवसमा रुपमा मनाइन्छ । देशभरमा किसानहरुले दिवस मनाइरहेका छन् । 

मध्य असारसम्म आइपुग्दा बाँके आठ स्थानीय पालिकामा २ प्रतिशत मात्र रोपाई भएको पाइएकोछ । गत वर्ष यही अवधिमा बाँकेमा १५ प्रतिशत रोपाई सम्पन्न भएको थियो । 
त्यसो त जिल्लाका केही स्थानमा असार १५ अगावै कतिपयले रोपाई गरेकाछन् । यद्यपी अधिकांसको भने आजबाटनै रोपाई हुनेगर्दछ । 

लुम्बिनी प्रदेशभरी १८ प्रतिशत मात्रै धान रोपाइँ

आकाशे पानीको भरमा खेतीकिसानी गर्ने किसानका लागि भने सिचाईँको व्यवस्था नभएकाले समयमै रोपाई गर्न नपाएका हुन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

सिचाईको अभावमा हरेक वर्ष वर्षायाममा यहाँका किसानहरु आकाशे पानी हेर्न बाध्य छन् । समयमा रोपाँई नहुँदा बर्सेनी यहाँको उत्पादन घट्दै गएको छ ।

धान दिवसको अघिल्लो दिन अर्थात असार १४ गते साँझसम्म बाँकेमा २ प्रतिशत क्षेत्रमा मात्र रोपाई भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख शकिल अहमदले बताए ।

यसरी रोपाई सम्पन्न हुनेमा बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–२ कोल्ही, बैजनाथ गाउँपालिका वडा नम्बर–१ चिसापानी क्षेत्र र राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर–३ र ४ मा रोपाई सम्भव भएको हो । 

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख शकिल अहमदका अनुसार बाँकेको कुल २ लाख २५ हजार ८ सय ३६ हेक्टर क्षेत्रफल रहेकोछ । यो क्षेत्रफलमध्ये खेतीयोग्य जमिन ५७ हजार २५२ हेक्टर हो । तर, बाँकेको ५२ हजार ८३८ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएकोछ । भने ३४ हजार ८ सय ५० हेक्टर जमिनमा धान खेती हुन्छ ।

‘देशका अन्य क्षेत्रभन्दा बाँकेमा ढिलो खेती गर्ने परम्परा छ’कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख शकिल अहमदले अगाडी थपे–‘सिक्टा सिचाईको पहुँच भएको क्षेत्र तथा डिप बोरिङ र अन्य खोलानालाको पहुँच भएका स्थानमा मात्र धान रोपाई सम्भव भएको हो ।’

लामो समयदेखि खडेरी परेका कारण बाँकेका सबै किसानले धानको ब्याड राख्न पाएका छैनन्’ शकिलले भने–‘पानी र सिचाईँ अभावमा खेती हुन नसकेको हो । अझैँ आत्तिहाल्नुपर्ने अवस्था छैन । किसानलाई धैर्य गर्ने भनेका छौं ।’

यो पनि पढ्नुहोस्  सिचाईँ अभावमा बाँकेका किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य

शकिलले भने, ‘सिँचाइको सुविधा भएका स्थानमा धान रोपाईं भएको छ, अन्य स्थानमा बर्सातको अभावमा धान रोपाइँ हुन सकेको छैन ।’

पछिल्लो समय अत्यधिक गर्मीका कारण समयमै बाँकेका किसानले धानको ब्याड राख्न सकेका छैनन् । यकातिर खडेरीले धानको ब्याड राख्न नपाएका बाँकेका किसान धानको ब्याडमा चाहिने मल सहज र माग बमोजिम पाउन नसक्दा उनीहरुको वर्षेनी पीडा ज्यूँका त्यूँ छ ।

धान खेतीयोग्य जमिनमा आकासे पानीको भर पर्नु, पर्याप्त सिचाईँ र सरकारले समयमा मल नदिदाँ किसानले कृषि पेसा नै परिर्वतन गरिरहेकाछन् ।

विशेष गरि बाँकेको फत्तेपुर, बिनौना, महादेबपुरी, कचनापुर, गंगापुर, राधापुर, चिसापानी र नौवस्तामा सिँचाई सुविधा अन्य भन्दा केही छ । यद्यपी यी क्षेत्र लगायत बाँकेका सबै किसान सिँचाई सुविधाको अभावमा आकाशे बर्षाको भरमा खेती गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस् बाँकेका किसानलाई वर्षेनी रासायनिक मल पाउन सकस

हरेक वर्ष बर्खा याममा देशभर करिब १३ लाख ७१ हजार हेक्टरमा धान खेती हुने गरेको कृषि विभागको तथ्यांक छ । हिमाली जिल्लाहरुमा जेठको महिनामै धान रोपिसकिएको छ । पछि रोप्दा नपाक्ने भएकाले हिमाली जिल्लामा जेठको पहिलो सातादेखि नै रोपाई सुरु भएर अन्तिम सातामा सकिन्छ ।

अहिलेको जनसङ्ख्यालाई धान्न झण्डै ६३ लाख मेट्रिकटन धान आवश्यक पर्छ । नेपालमा धानको उत्पादन प्रतिवर्ष वार्षिक ५२ देखि ५५ लाख मेट्रिकटन छ ।