नेपाल पत्रकार महासंघ बाँकेमा तालाबन्दी


सेतोखरी सेतोखरी   शनिबार, असार १५, २०८१
नेपाल पत्रकार महासंघ बाँकेमा तालाबन्दी

नेपालगन्ज १५ असार : सदस्यता विवादको टुङ्गो नलगाई निर्वाचन कार्यतालिका प्रकाशित गरेको विरोधमा नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घ बाँकेको कार्यालयमा तालाबन्दी गरेको छ । युनियनले शनिबार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

महासंघ बाँके शाखाको नेपालगन्ज बसपार्क स्थित कार्यालयमा युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको नेतृत्वमा आज महासंघ बाँके शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

यो पनि पढ्नुहोस्  सदस्यता नटुंग्याई अघि नबढ्न पत्रकार महासंघलाई युनियनको चेतावनी

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको चुनाव : हेर्नुहोस् बाँकेका को–को छन् मतदाता (सूचीसहित)

Care City
Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

बाँकेमा क्रियाशील पत्रकारहरुको सदस्यतालाई शुद्धिकरणको नाममा हटाइएको भन्दै महासंघको कार्यालयमा तालाबन्दी गर्नुपर्ने अवस्था आएको युनियन बाँकेका अध्यक्ष ढकालले बताए । सक्रिय पत्रकारहरुको सदस्यता कायम राख्दै गैरपत्रकाहरुलाई प्रदान गरिएको सदस्यता खारेज नभएसम्म आन्दोलन जारी राख्ने युनियन बाँकेले जनाएकोछ ।

यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो

यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी

यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’  

सक्रिय पत्रकारलाई हटाई महासंघले गैरपत्रकारहरुलाई सदस्यता वितरण गर्दै नामावली प्रकाशन गरेको भन्दै नेपाल प्रेस युनियनले काठमाडौंमा हिजो शुक्रबार पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरिसकेको छ । आज विभिन्न जिल्ला र प्रदेश शाखामा पनि तालाबन्दी गर्दै आन्दोलनका कार्यक्रम भइरहेकोछ । 

यो पनि पढ्नुहोस्  तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

यो पनि पढ्नुहोस्  कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो