युनियनद्वारा देशभरका पत्रकार महासंघमा धर्ना


सेतोखरी सेतोखरी   सोमबार, असार १७, २०८१
युनियनद्वारा देशभरका पत्रकार महासंघमा धर्ना

नेपालगन्ज १७ असार : नेपाल प्रेस युनियनले आज सोमबार (असार १७ गते) नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयदेखि प्रदेश समिति र सबै शाखा कार्यालयहरुमा धर्ना दिने भएको छ । युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस्  नेपाल पत्रकार महासंघ बाँकेमा तालाबन्दी

यो पनि पढ्नुहोस्  सदस्यता नटुंग्याई अघि नबढ्न पत्रकार महासंघलाई युनियनको चेतावनी

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको चुनाव : हेर्नुहोस् बाँकेका को–को छन् मतदाता (सूचीसहित)

Care City
Kanti Aarogya Hospital Nepalgunj

महासंघको केन्द्रिय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेको नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले सेतोखरीलाई बताए ।

यो पनि पढ्नुहोस् सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो

यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी

पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, चोर बाटोबाट सदस्य थप गरी मतदाता नामावली सार्वजनिक भए पछि प्रेस युनियनले पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरु गरेको थियो । 

बार्ता र आन्दोलन सँगसँगै लैजाने नीति अनुरुप धर्ना दिन लागिएको महासचिव पौडेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’  

प्रेस युनियनले महासंघको विधान विपरित थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघकै शाखा, प्रदेशले सिफारिस गरेका र सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्  तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

यो पनि पढ्नुहोस्  कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो