सरकारले नवीकरण नगरेका सबै क्रसर उद्योग सञ्चालन गर्न दिने 


सेतोखरी सेतोखरी   सोमबार, असार १७, २०८१
सरकारले नवीकरण नगरेका सबै क्रसर उद्योग सञ्चालन गर्न दिने 

नेपालगन्ज १७  असार : सरकारले नवीकरण नगरेका सबै क्रसर उद्योगहरूलाई सञ्चालन गर्न दिने भएकोछ । सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर वैधानिकरूपमा सञ्चालन गर्न दिने तयारी गरेको हो ।

गृहमन्त्री रवि लामिछाने, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारीबीच नवीकरण नभएका क्रसर उद्योगलाई सञ्चालन गर्न दिने विषयमा आईतबार छलफल भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

क्रसर उद्योग नवीकरणको कानूनी व्यवस्था नभएसम्मका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर सञ्चालन गर्न दिने विषयमा छलफल भएको हो । यसका लागि प्रस्ताव तयार पार्न एउटा समूह बनाइएको र प्रस्ताव तयार पारेसँगै मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिदैँछ ।