३८ लाख बढीको लत्ता कपडासहित न्यूरोडका सुनिल प्रहरी फन्दामा


सेतोखरी सेतोखरी   सोमबार, असार १७, २०८१
३८ लाख बढीको लत्ता कपडासहित न्यूरोडका सुनिल प्रहरी फन्दामा

नेपालगन्ज १७ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलि भण्डारण गरि राखेको ठूलो मात्रामा लत्ताकपडा बरामद गरेकोछ ।

बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ न्यूरोड भानुभक्त चोक नजिक एक घरबाट उक्त भन्सार छलिको लत्ताकपडा बरामद गरेको हो । 

नेपालगन्जको न्यूरोड भानुचोक स्थित सोनी गुप्ताले आफ्नो घरमा भारतबाट अवैधरुपमा भन्सार छलि ल्याई भण्डारण गरि राखेको अन्दाजी ३८ लाख ३९ हजार दुई सय बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको जनाएकोछ ।

सुनिल गुप्ताले आफ्नो घरमा विभिन्न डिजाईनका कुर्ता सुरुवाल ४ हजार २ सय ७४ पिस र विभिन्न डिजाईनका साडी ८ सय ४० पिस भण्डारण गरि राखेका थिए । 

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीले बरामद गरेको ४ हजार २७४ पिस कुर्ता सुरुवालको अन्दाजी मूल्य रु.३४ लाख १९ हजार दुई सय र ८ सय ४० पिस साडीको अन्दाजी मूल्य रु.४ लाख २० हजार गरि अन्दाजी ३८ लाख ३९ हजार दुई सय बराबरको लत्ताकपडा बरामद गरिएको हो ।

प्रहरीले बरामद सामान र सुनिल गुप्तालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए ।