बुद्ध एयरको अफर : नवविवाहितलाई हवाई टिकट फ्रि


सेतोखरी सेतोखरी   मंगलबार, असार १८, २०८१
बुद्ध एयरको अफर : नवविवाहितलाई हवाई टिकट फ्रि

File Photo

नेपालगन्ज १८ असार : बुद्ध एयरले नवविवाहित चार जोडीलाई काठमाडौं–पोखरा रुटमा दुइतर्फी हवाईटिकट निःशुल्क उपलब्ध गराउने भएको छ ।  

बुद्ध एयरको उडानपछि बेहुला बेहुलीले एयरलाइन्सको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्विर ट्याग वा शेयर गरेको हुनुपर्ने एयरलाइन्सले बताएको छ । यसरी शेयर गरिएको मध्ये चार जोडीलाई बुद्ध एयरले काठमाडौं–पोखरा–काठमाडौं रुटको टिकट उपहार स्वरुप प्रदान गर्ने एयरलाईन्सको विज्ञप्तीमा उल्लेख छ ।  

Care City
Kanti Aarogya Hospital Nepalgunj

‘विहेकै पहिरनमा बेहुला बेहुलीको उडान हुनुपर्ने र त्यो उडानको क्रममा कैद गरेको तस्बिर एयरलाईन्सलाई सामाजिक सञ्जालमा पोष्ट हुनुपर्नेछ । यसरी पोष्ट भएकोमध्ये चारजोडीलाई यो उपहार दिइनेछ,’ एयरलाइन्सले भनेको छ ।  

बुद्ध एयरले अहिले पोखरा–काठमाडौं रुटमा दिनमा १७ वटा उडान गरिरहेको छ । बुद्धले पोखरा–काठमाडौं बाहेक पोखराबाट भरतपुर, भैरहवा र नेपालगन्ज पनि नियमित उडान गरिरहेको छ । बुद्ध एयरले हालैमात्र १८ औं जहाज भित्र्याएको छ ।