कोहलपुरमा भेटिए १७४ जना क्षयरोगका नयाँ बिरामी


सेतोखरी सेतोखरी   मंगलबार, असार १८, २०८१
कोहलपुरमा भेटिए १७४ जना क्षयरोगका नयाँ बिरामी

नेपालगन्ज १८ असार : कोहलपुर नगरपालिका भित्र १७४ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् ।

कोहलपुर नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने अभियानले गति लिइरहेकै समयमा नयाँ क्षयरोगका विरामी फेला परेका हुन् । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका फोकल पर्सन प्रेम पाण्डेका अनुसार चालु आर्थिक वर्षमा फेला परेका नयाँ क्षयरोगीमध्ये कतिपय नियमित औषधी सेवन गरिरहेका छन् । तीमध्ये एक जनालाई नेपालगन्ज टीबी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने २२ जना बिरामीलाई नियमित पोषण सामग्री वितरणको काम भइरहेको छ । उनीहरुलाई ६ महिनासम्म पोषण सामाग्री वितरण गर्ने कार्यक्रम छ । 

कोहलपुर नगरपालिकाका अनुसार कोहलपुरमा उपचार पुरा गर्ने दर ९४.९ प्रतिशत छ भने नयाँ बिरामी पत्ता लगाउने दर प्रति लाखमा १६३ जना पाइएको र मृत्युदर भने १.९ छ । सरकारले २०५० सम्म नेपालमा क्षयरोग अन्त्यको लक्ष्य राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।